लसुनले खाए भाग्छ यी रोगहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार ०८:०२

लसुनत्यसो त लसुन खाएर बाहिर हिँड्दा ठुस्स गनाउने भएकाले कतिपयलाई लसुन मन पर्दैन । तर, बहुउपयोगी लसुन उपभोगले रक्तचाप नियन्त्रण हुन्छ । यसको उपयोग धेरै भएकाले यसलाई निरुत्साहित गर्नु भने उचित होइन । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् ।

रगतका लागि फाइदै–फाइदा
लसुनको उपयोग रगतसँग जोडिएका समस्या निराकरण गर्न निकै फाइदाजनक हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीका भित्ता सफा गर्छ, शरीरमा रगत जाम हुने समस्या हटाउँछ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पनि यसले काम गर्छ । बच्चा जन्मिने दिन पुगेका महिलाले जतिसक्यो धेरै लसुनको सेवन फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।

पाचन प्रणालीमा सहयोगी
लसुनले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । गाउँघरमा अपच भएका बेला वा हुनेजस्तो लागेमा लसुन खाने चलन पनि छ । शरीरका लागि प्राकृतिक एन्टिबायोटिकको काम गर्ने यसले शरीरका हानिकारक जिवाणु नियन्त्रण गर्छ । यसले शरीरका हितकारी किटाणुलाई भने असर गर्दैन ।

कलेजो स्वस्छ राख्छ
यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ । यसको एन्टिअक्सिडेन्ट तत्वले शरीरका कोषहरू नष्ट हुनबाट समेत जोगाउँछ ।

एलर्जी हटाउन सहयोगी
लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल ९ढुसी प्रतिरोधी गुण०ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।

कोलस्ट्रोल नियन्त्रण
नियमित लसुन सेवनले शरीरमा बढ्ने खराब कोलस्ट्रोल घटाउने र असल कोलस्ट्रोल बढाउने काम गर्छ । खराब कोलस्ट्रोलले मुटुको रक्तनली तथा धमनीहरुलाई अवरुद्ध गरेर हृदयघातको समस्या हुने भएकाले लसुनको नियमित सेवनले हृदयघातको सम्भावना पनि कम रहन्छ ।

क्यान्सर निरोधक
क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व लसुनमा हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।

सावधानी
लसुनको बहुउपयोगी गुणबाट फाइदा लिन सकेसम्म दिनमा २ वा ३ पोटी उपभोग गर्नु बुद्धिमानी हुनेछ । तर, फाइदा गर्छ भन्दैमा जथाभावी लसुन खानु भने हुदैन । धेरै लसुन खाँदा छाती पोल्ने, पेट ढुस्स हुने, टाउको दुख्ने, शरीर थाक्ने, चक्कर लाग्ने पनि हुनसक्छ ।

स्रोतः न्युजएग्रोडटकम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१