रियोका यस्ता घटना ! कोही खेलाडी गए वेश्यालय त कोही बने पोर्नस्टार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७३, बिहीबार १२:१८

सन् २०१६ को रियो ओलम्पिकको क्रममा कसैले जितेको, कसैले हारेको र कतिले पदक जितेको खबर त पढ्नुभयो होला । तर, यी बाहेक पनि यहाँ त्यस्ता घटना भए जसलाई रियो ओलम्पिकले कहिले पनि बिर्सने छैन । र, यो पढेपछि सायद तपाईंले पनि यसलाई बिर्सन सक्नुहुन्न ।

खेल्नका लागि रियो ओलम्पिकमा पुगेका खेलाडीमध्ये कोही पोर्न स्टारजस्ता देखिए भने कसैले अरुसँग सेक्स गर्नका लागि आफ्नो पार्टनरलाई नै कोठा बाहिर निकाले । यस्तै, कोही खेलाडीले भने आफ्ना अश्लिल भिडियो बनाएर इन्टरनेटमा हालेर हल्लाखल्ला मच्चाए ।

1phpThumb_generated_thumbnail (1)१. म्याचको एक रात पहिले ब्राजिलकी खेलाडीले सेक्स गर्नका लागि आफ्नो पार्टनरलाई कोठाबाट बाहिर निकालिन्ः

सिंग्रनाइज्ड डाइभिंग इभेन्टमा ब्राजिलको एक जोडीले भविष्यमा एक–अर्कासँगै खेल गर्न अश्विकार गरे । यस्तो यसकारण भयो किनभने उनीमध्ये एकले सेक्स गर्नका लागि साथी खेलाडीलाई कोठाबाट बाहिर निकालिन् । घटना यस्तो थियोः

२० वर्षीया इनग्रिड ओलिविरा कथित रुपमा एक खेलाडीसँग सेक्स गर्न चाहन्थिन् । मिडियाको रिपोर्ट अनुसार यो जोडीले इभेन्ट हुनुभन्दा एक रात पहिले म्याराथन नाइट अफ सेक्समा मनोरञ्जन गरे । यसका लागि इनग्रिडले १७ वर्षीया आफ्नी पार्टनर जियोवाना पेड्रोसोलाई उनीहरुको कोठाबाट बाहिर निकालिदिइन् । यो जोडी आफ्नो इभेन्टमा अन्तिम स्थानमा रहे ।

2phpThumb_generated_thumbnail (1)२. पोकेमन गो खेल्दा जिम्न्यास्टको फोनको बिल पाँच हजार आयोः
यतिबेला पूरा संसार पोकेमन गोमा आकर्षित छ । यो खेलको नशा रियो ओलम्पिकमा गएका खेलाडीहरुमा पनि देखियो । ६ पटक विश्व च्याम्पियन बनिसकेका जापानी जिम्न्यास्ट कोहेई उचीमुराको यो नशा उनका लागि भारी भयो । उनका अनुसार ब्राजिलमा यो खेल खेलेका कारण उनको रोमिङ डेटा प्लानको खर्च पाँच लाख येन आयो । उनले भने, ‘मेलै तालिमको क्रममा यो खेल डाउनलोड गरेको थिएँ र मलाई छिट्टै यसको लत बस्यो । यद्यपी, कोहेईको फोन कम्पनीले उनलाई राहत दिँदै उनीसँग तीन हजार येनको असुली गरेको छ ।’

phpThumb_generated_thumbnail३. रियो ओलम्पिकमा स्ट्रिप्टीज गर्ने एना सेक्स सिम्बोल बनिन्ः
युक्रनेकी स्विमर एना वोलोशायनाले मात्र एउटा भिडियोको आडमा आफ्ना प्रशंसकको फौज खडा गरिदिइन् । तालिमको तयारीमा रहेकी एनाले आफ्नो बाथरोब निकै स्टाइलले उतारिन् । त्यो उतारेपछि उनको बिकिनी बडि देखियो । त्यसपछि उनी हाँस्दै बिस्तारै नाच्न थालिन् । उनका यी हर्कत भिडियोमा कैद थिए जसलाई उनले पछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा हालिन् । भिडियोमा उनले क्याप्सन लेखिन्, ‘राम्रो प्राक्टिसको लागि राम्रो ह्युमर पहिलो शर्त हो ।’

एनाको सोसल मिडिया अकाउन्टमा उनका थुप्रै हट तस्बिरहरु छन् । उनको यो भिडियोले इन्टरनेटमा तहल्का मच्चाउन सफल भयो ।
3phpThumb_generated_thumbnail (1)४. ओलम्पिक अधिकारीले हराएका थिए स्टेडियमको साँचो
रियो ओलम्पिकका आयोजक त्यतिबेला तनावमा भए जब एक अधिकारीले स्टेडियमको साँचो हराए । साँचो खोज्न त्यहाँका सबै अधिकारीहरु लागिपरे पनि पाउन सकिएन जसका कारण बोल्ट काटेर ढोका खोलियो । हुन त रियो ओलम्पिक पूरा समय विवादले घेरिएको हुन्छ । उक्त घटना सार्वजनिक भएपछि ओलम्पिकका आयोजकले एउटा मात्र साँचो बनाएको भन्दै मानिसहरुले सोसल मिडियामा खिल्ली उडाएका थिए ।

4phpThumb_generated_thumbnail (1)५. पाइन्टमा दिसा गरेपनि दौडिरहे खेलाडीः
ओलम्पिक पदक जित्नका लागि मात्र होइन । यसका खेलाडीको इच्छाशक्ति, लगाव र जिजीविषाको समेत परिक्षण हुन्छ । यस्तै भयो ५० किलोमिटरको पैदल–रेसमा भाग लिएका फ्रान्सेली च्याम्पियन योहान डिनिजसँग । दौडमा भाग लिएका योहान पेटको समस्यासँग जुधिरहेका थिए र अन्तिम स्टेजमा पाइन्टमा नै दिसा गरिदिए । यस्तो अवस्थामा पनि नरोकीइ दौडिरहेको खबर पाएपछि सोसल मिडियामा मानिसहरुले उनको निकै तारिफ गरे।

5phpThumb_generated_thumbnail (1)६. भूलबस रियोको वेश्यालयमा पुगे अमेरिकी बास्केटबल खेलाडीः
रियोको गर्मीबाट छुटकारा पाउनका लागि अमेरिकी बास्केटबल खेलाडीहरुले स्पा जाने योजना बनाए । डिमार डिरोजान, डेमारकस कजिन्स(बायाँ) र डिआन्ड्रो जोर्डन (दायाँ) रियोका निकै चर्चित स्पा सेन्टर ‘टर्मस मान्टे कार्लो’ गए तर यो त्यस्तो ठाउँ थियो जहाँ महिलाहरुले मसाजका साथै अरु थुप्रै कामहरु गर्दथे । त्यहाँ पुगेको केही समयपछि नै खेलाडीहरुले उक्त ठाउँ सही नभएको महसुस गरे र त्यहाँबाट तुरुन्त बाहिरिए ।

6phpThumb_generated_thumbnail (1)७. जब पोर्न स्टार जस्ता देखिन थाले खेलाडीः
थुप्रै खेलाडी टिभीमा देखिने इन्फो–बारको शिकार भए । वास्तवमा ब्रिटेनका टम डली र अमेरिकाका स्टील जनसन जब स्विमिङ ट्रंक लगाएर बसेका थिए टिभीले उनीहरुको अगाडि इन्फो–बार लगायो । उनीहरुले लुगा लगाए पनि नलगाएझैं देखिएको थियो र इन्फो–बारले उनीहरुको गोप्य अंग ढाकेको थियो । उनीहरुको यो तस्बिर सार्वजनिक भएपछि यी दुई खेलाडीको ट्वीटरमा ट्रेंड चलेको थियो ।
phpThumb_generated_thumbnail (1)८. किम जोंग उनजस्ता देखिने एक व्यक्ति चर्चाको विषय बनेः
उत्तर कोरियाका तानाशाह किम जोंग उन संसारभरी कुख्यात छन् । अचम्म त त्यतिबेला भयो जब हंगकंग मूलका होवार्ड किम जोंगजस्तो चश्मा लगाएर स्टेडियममा देखिए । होवार्ड अष्ट्रेलियामा बस्छन् र उनी किमजस्तै देखिन्छन् । उनले थुप्रै्र पटक दर्शकलाई ‘मिडल फिंगर’ देखाए । उनका अनुसार थुप्रै मानिसहरुले उनलाई चर्चित गायक साई (गंगनम स्टाइल) ठानिरहेका थिए भने कतिले उनलाई किम जोंग भनेर झक्किएका थिए ।साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१