जुडवा–२” मा परिणीति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७३, बिहीबार ११:१९

परिणीति चोपडाकाठमाडौं, १६ भदौ ।  सन् १९९७ मा रिलिज भएको सलमान खान अभिनित फिल्म जुडवाको सिक्वेल बन्ने खबरले बलिउडमा चर्चा कमाउन थालेको लामै समय भएको छ । यो सबैभन्दा पहिले वरुणले फिल्ममा काम गर्ने निश्चित भएपछि चर्चामा आयो । त्यसपछि यो फिल्मका लागि विभिन्न अभिनेत्रीलाई प्रस्ताव राखियो । तर, अन्त्यमा ज्याकलिन फर्नान्डिजले फिल्ममा काम गर्ने भइन् । अब यही फिल्ममा अभिनेत्री परिणीति चोपडाले पनि काम गर्ने भएकी छिन् । वरुणसँग यसअघि काम नगरेका अभिनेत्री खोज्ने क्रममा परिणीतिलाई यो फिल्ममा खेलाउने निश्चित भएको निर्माताले बताए । परिणीतिले पनि भूमिका आफूलाई मन परेको भन्दै फिल्ममा खेल्ने अफर स्वीकार गरिन् ।नया पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१