कालिञ्चोक र मातृभूमि विकास बैंक किनेको टुरिज्जमले शतप्रतिशत हकप्रद जारी गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७३, बिहीबार ०७:२५

महतकाठमाडौं,१६ भदौ  । टुरिज्जम डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ ।   टुरिज्जमसँग दुई संस्था विलय भएपछि कायम हुने पुँजीमा १०० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।

साधारणसभाले टुरिज्जमसँग दुई संस्था विलय भएपछि कायम हुने पुँजीमा शतप्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरको टुरिजम् डेभलपमेण्ट बैंक लिमिटेड बैकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए ।

मातृभूमिको झण्डै चार करोड ८० लाख रुपैयाँ र कालिञ्चोकका १० करोड चुक्तापुँजी रहेको छ भने टुरिजमका ७८ करोड ९६ लाख ४४ हजार रुपैंयाँ चुक्ता पूँजी छ । राष्ट्रियस्तरका विकास बैंकले ७४ असारसम्म २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१