क्रिकेट खेल्न गएका यी ७ खेलाडी जापानमा लुके

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०८:२३

क्रिकेटकाठमाडौँ । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्किने टिकट जापानबाटै रद्द गराएको खुलेको हो । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसानर अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो र्फकने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । आजको अन्नपूर्णमा खबर छ । गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लागेको थियो । त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् । गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी राना, सूर्य वानियाँ, नरेन्द्र बुढा लगायत गरका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१