“एउटी चेलीको दर्दनाक यथार्थ” १२ बर्षको उमेरमा १ दिनमा कम्तिमा ३० जनालाई सन्तुष्ट गर्नु पर्थ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०७:५५

१२ बर्षको उमेरथ्यो मेरो त्यो झिलिमिली शहर भित्र दिनमा कम्तिमा मैले ३० जनालाई सन्तुष्ट पार्नुपर्थ्यो, अढाई बर्षपछि एकदिन शाहु नभएको बेला म रेडियो चलाई रहेको थिए त्यहाँ मैले रक्षा नेपालको कार्यक्रम सुन्नपुगे, त्यहाँ हिंशामा परेका महिलालाइ सहयोग गर्न सक्ने कुरा आयो, गाउँमा अलि अलिपढेको थिए, अंक लेख्न चिन्नसम्म सक्थे र रेडियोबाट रक्षा नेपालको फोन नम्बर टिपे, साहु नभाकोबेला त्यहाँ फोन गरे त्यहाँ मेनुका थापाले उठाउनु भएको थियो, मैले वहालाई सबै कुरा भने वहाले म लिन आउछु भन्नु भयो तर लिन आउनु हुन्छ भन्ने चाही मलाई बिश्वास लागेको थिएन, किनकि त्यहाँ आउने धेरैले तिमीलाई यहाँबाट निकाल्छु भन्ने गर्थे तर आफ्नो स्वार्थ पुरा गर्थे अनि जान्थे, तर मैले फोन गरेको १-२ दिनमै रक्षा नेपालबाट मलाई लिन आउनुभयो,

nepali

द्वन्दकालको समय थियो, धेरै मानिसहरु प्रभावित भए, जसको चपेटामा बालबालिका पनि परेका थिए, नुवाकोट की मुना नेपाली ५ बर्षकी हुदीहुन् बाबाले संसार छाडेर गइ सक्नुभाथ्यो, साथमा आमा एक दाजु अनि एक भाई थिए, दिदीहरु सबैको बिहे भैसकेको थियो, गाउँमा छुवाछुतको व्यवहार धेरै हुने गर्थ्यो, कुवामा पानी आफै भर्न पाईन्नथ्यो, अरुले नै भरिदिन्थे

द्वन्दकै क्रममा दाजुलाइ लिएर जाने ल्याउने काम हुन थाल्यो, आमा पनि बित्नुभो, घरमा कमाएर खुवाउने कोहि भएनन्, गाउँघरका १२-१३ बर्षका बालबालिकालाइ लिएर जाने क्रममा दाइलाइ पनि लिएर जाने क्रम बढ्न थाल्यो, एकदिन दाजुले सल्लाह गर्नुभो अब गाउँनै छोडेर जाने, त्यसैक्रममा एकजना अङ्कलले काठमाडौँमा काममा लगाई दिने कुराभो तर वहाले बीचमै अलपत्र पारेर छोडेर जानुभो, हामी सडकमै बस्थ्यौ, जसो तसो दाइले भारी बोकेर पाल्नुभाथ्यो र फेरी एउटा कोठा खोजेर त्यहाँ राख्नुभो, यसैक्रममा दाइले भाउजु ल्याउनुभो, बिस्तारै भाउजुले पिट्ने कुट्ने गर्न थाल्नुभो, मेरो श्रीमानको कमाइमा रजाईंगर्ने भन्न थाल्नुभो, घरमा बस्ने अवस्था नभए पछि म फेरी सडकमै आए

त्यसबेला ९ बर्षको हुदोहुँ, सडकमै सुत्ने, फोहोरमा फ्याकेको खाने कुरा खान्थे, अब बरु अरुको घरमा भाँडा माझेर भए पनि खान्छु भन्ने सोचेर काम खोज्न जादा सबैले जात सोध्ने अनि दलित हो भन्दा कसैले राखेनन्, एउटा सानो बच्चालाइ दुत्कारेर पठाउथे, त्यस पछि मैले आफ्नो नाउ मुना थापा हो भने लगत्तै एउटा घरमा २५ जनाको भाँडा माझ्ने काम पाए, १-२दिन राम्रै व्यवहार भो तर क्रमश वहाहरुको व्यवहारमा परिबर्तन आयो, कुट्न-पिट्न थालियो, वहाहरुको बच्चा रूदा पनि मलाई पिट्ने गरिन्थ्यो, त्यो घरको एउटी बुढी आमालाई तेल पनि लगाई दिनुपर्थ्यो, अन्य काम पनि पर्थ्यो, जाडो गर्मि केहि भन्न पाइन्नथ्यो, खुट्टा पटपट फुटेर रगत आउथ्यो, जाडोमा लाउने तातो लुगा पनि थिएन, सानो थिए काम सक्न धेरै समय लाग्थ्यो, कोहि बेला २ बजे ३ बजे रातिमात्र सुत्न पाउथे, २-३ बर्ष काम गरे होला त्यहि धाराको काम गर्न आउने मानिसले तिमी कति दुख गर्छौ तिमीलाई राम्रो ठाउँमा काम लगाई दिन्छु भन्थ्यो, एकदिन एउटा शिशाको गिलास फुट्दा साहुनीले पिट्नुभो, जाडोको महिनाथ्यो खुट्टाबाट रगत बगी रहेकोथियो बिरामी पनि थिए, यस्तोमा कसैले मेरो टाउकोमा हात राखेर २ शब्द मिठो बोलिदियोस भन्ने लागि रहेकोथ्यो, तिनै मानिसले जाउ हिड राम्रो काम लाइदिन्छु भने म उनको पछि खुरुखुरु लागे

उनले मलाई कुन बाटो कहाँ लगे अहिले पनि त्यो बाटो ठम्याउन सक्दिन, एकदम झिलिमिली शहर पुर्याउनु भएकोथ्यो, अहिले बुझ्दा त्यो ठमेलको मसाज सेन्टर रहेछ त्यहाँ अरु केटिहरु पनि थिए, ४-५ दिन मैले भुईं पुछेर, भाँडा माझेर नै बिताए, एकदिन एउटा ठुलो अग्लो मान्छे हेल्मेट लगाएर आउनुभो, वहा एउटा कोठातिर लाग्नुभो, त्यहाको साहुले एउटा जुस र काजगमा के प्याक गरेर हो, मलाई यो त्यो अघि आउनु भएको सरलाई देउ है भन्नुभो, अनि जब म त्यो मान्छेभा ठाउँ पुगे उसले मलाई एउटा बाघले आफ्नो शिकार झम्टेझैँ मलाई समाउन पुगे, जबर्जस्ति गर्न थाले, म माथि यस्तो के भैराहछ मैले केहि बुझ्न सोच्न सकिन, म रुदै चिच्याउदै होहल्ला गर्नथाले, साहु भित्र आयो उसले उल्टो मेरो खुट्टा समायो त्यसपछि त्यो मान्छे पुन समाउन आएकोसम्म थाहा छ अनि अरु केके भो केहि थाहा छैन, त्यस पछि त यो क्रम २-३ बर्षसम्म निरन्तर चलि रह्यो

१२ बर्षको उमेरथ्यो मेरो त्यो झिलिमिली शहर भित्र दिनमा कम्तिमा मैले ३० जनालाई सन्तुष्ट पार्नुपर्थ्यो, अढाई बर्षपछि एकदिन शाहु नभएको बेला म रेडियो चलाई रहेको थिए त्यहाँ मैले रक्षा नेपालको कार्यक्रम सुन्नपुगे, त्यहाँ हिंशामा परेका महिलालाइ सहयोग गर्न सक्ने कुरा आयो, गाउँमा अलि अलिपढेको थिए, अंक लेख्न चिन्नसम्म सक्थे र रेडियोबाट रक्षा नेपालको फोन नम्बर टिपे, साहु नभाकोबेला त्यहाँ फोन गरे त्यहाँ मेनुका थापाले उठाउनु भएको थियो, मैले वहालाई सबै कुरा भने वहाले म लिन आउछु भन्नु भयो तर लिन आउनु हुन्छ भन्ने चाही मलाई बिश्वास लागेको थिएन, किनकि त्यहाँ आउने धेरैले तिमीलाई यहाँबाट निकाल्छु भन्ने गर्थे तर आफ्नो स्वार्थ पुरा गर्थे अनि जान्थे, तर मैले फोन गरेको १-२ दिनमै रक्षा नेपालबाट मलाई लिन आउनुभयो,

हिजो सम्म म कुनै मान्छे देख्दा काम्ने डराउने हुन्थे आज म रक्षा नेपाल, मेनुका आमा कै कारण केहि बोल्न सक्ने भएको छु, अहिले म २१ बर्षको भए १२को एक्जाम दिएर बसेको छु, अब कुनै पनि मुनाहरुको अस्मिता लुटिन नपरोस, निमोठीन नपरोस, अब बाकी जिबन म जस्तै नारकीय जिबन बिताएका महिलाहरुको उद्धारको लागि केहि गर्ने अठोट गरेको छु !


 

श्रोत सामग्री: कान्तिपुर ( सुमनसंग)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१