साँचो प्रेम र एकता – तिज पर्बको बिशेषता : अध्यक्ष ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०७:४०


ढकालकाठमाडौँ   । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले तिज पर्ब साँचो प्रेम र आपसी एकताको प्रतिक भयको बताउनु भयको छ । तिज पर्वको उपलक्ष्यमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले तिज पौराणिक कालदेखि चलिआएको एक परम्परामा मात्र सिमित नरही आधुनिक युगमा पनि नारि सशक्तिकरण, मौलिक मनोरंजन तथा पारिबारिक पुनर्मिलनको तेजिलो माध्ययम बनेको बताउदै दिदीबहिनीको सुमधुर गीतले शान्तिको संदेश दियको अनुभूति भयको उल्लेख गर्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले नेपाल संस्कृतिको धनि राष्ट्र भयको उल्लेख गर्दै राज्यले आफ्ना नागरिकले मनाउने सांस्कृतिक पर्बहरुको प्रबद्धन गर्नु पर्छ भन्नु भयो । उहाँले बिबाह गरेर घर गयका आफ्ना सबै दिदीहरु तिजको पर्वमा माइती आउदाको चहलपहल असाध्यै रमाइलो लाग्ने स्मरण पनि गर्नु भयो । पुर्बमंत्री ढकालले पर्वको नाममा भित्रिने विसंगति प्रति चनाखो रहन र सु-सस्कृतिको निरन्तरता दिन उपस्थितहरु संग आग्रह गर्नु भयो । अध्यक्ष ढकालले ढकालले उपस्थित दिदीबहिनी हरुको मनको कामना शिवजीले पुरा गरुन भन्दै तिज पर्वको अबसरमा देशमा शान्ति, सुब्यबस्था र मेलमिलापको कामना गर्नु भयो ।ढकाल १

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१