कोहि बिरामी जंगल तिर , कोहि साठी लाख सहित अमेरिकातिर ! भनीदेउ, गगन के यही हो सामाजिक न्याय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०७:१८

kushthaकुष्ठरोग लागेका यी बीरबहादुर कामी उपचार गर्ने पैसा नभएर जंगलको बास बसेका छन् तर डा। रामबरण यादव पैसा भएर पनि विदेशमा उपचार गर्न राष्ट्रको ढुकुटी दोहन गरिरहेका छन् । कुरी कुरी स्वास्थ्यमन्त्री १

तस्वीर हो, जाजरकोट नायकडावा गाविस–८ निवासी ५० वर्षीय वीरबहादुर कामीको । उनी कुष्ठ रोगी हुन् । आर्थिक अभावको कारण उपचार गर्न नसकेपछि जंगलमा बस्न वाध्य छन् । तर, दुर्भाग्य हाम्रो देशका उपल्लो आर्थिक हैसियत भएका पूर्व विशिष्ठहरू भने राष्ट्रको ढुकुटीबाट करोडौ रकम दोहन मात्र गरिरहेका छैनन् उल्टै दिनको ३०० अमेरिकी डलर भत्ता आफ्ना लागि र आफ्ना तीन जना सहयोगीलाइ दिनको १५० का दरले भत्ता लिइरहेका छन् ।

मुलुकमा यतिबेला लोकप्रिय नेता गगन थापा स्वास्थ्यमन्त्री छन् । उनकै कार्यकालमा यस्तो असामनता भैरहेको छ । भनीदेउ, गगन के यही हो सामाजिक न्याय ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१