तपाईको हातको जिवनरेखा बारे रोचक कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०५:४०

हातहातमा शुक्र पर्वतले धेरेर एक रेखा रहेको हुन्छ यसलाई जिवन रेखा भनिन्छ । जिवन रेखा प्रत्येक ब्यक्तिको हातमा अलग अलग आकार र बनावटको रहेको हुन्छ , यहि आकार र बनावटमा मानिसको जिवनको कैयौ रहस्य लुकेको हुन्छ ।

जीवन रेखा धेरै चौडा छ तर गहिरो छैन भने यो जिवनको लागि राम्रो सैकेत होईन , यस्तो ब्यक्तिको जिवनमा स्वास्थ्यमा उतारचढाव आई रहन्छ । उस्तो ब्यक्तिसंग साहस र उर्जामा समेत कमि हुन्छ ।

यस्तै जिवन रेखा अन्य रेखा भन्दा धेरै पातलो छ तर गहिरो छ भने यो राम्रो स्वास्थ्य र जिवन शक्क्तीको संकेत हो । यस्तो ब्यीक्त धेरै उर्जावान र साहसी हुन्छन् । यस्तो रेखाले शुक्र पर्वतलाई गोलो गरि धुमेको छ भने उसको बैबाहिक जिवन समेत सुखमय हुनेछ ।

जिवन रेखामा दिपको निशाना हुनु राम्रो संकेत होईन । यस्तो सनराना जहाँ हुन्छ त्यस भागमा सो ब्यक्तिलाई स्वास्थ्य सम्वन्धी गंभिर समस्याको सामना गर्नु पर्ने हुन्छ । यदि दिपको निशाना पछि रेखा सफा र स्पष्ट छ भने यस्को मतलव अगाडीको जिवनमा तपाई स्वस्थ रहनु हुनेछ ।

दुवै हातको जिवन रेखा एउटै गोलो र विना काटेको छ भने तपाई बचपन देखिनै भरपुर जिवन शक्क्ती छ र तपाई जिवनमा रोग र चुनौतीसंग गजव संग लड्न सक्नुहुनेछ । तर दुई मध्य एउटा हातमा छोटो जिवन रेखा भएमा यो जिवन अथवा स्वास्थ्यको लागि राम्रो संकेत होईन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१