आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार १७:००

phpThumb_generated_thumbnailलण्डन ।  सबैभन्दा क्रुर आतंकवादी संगठनमध्येको एक इस्लामिक स्टेटको खतरनाक भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा एक बेलायती र अन्य चार बच्चाले सिरियामा बन्दी बनाइएका कुर्द लडाकुलाई क्रुर तरिकाले हत्या गर्दै गरेको देखाइएको छ। एक युरोपेली पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नौ मिनेटको सो भिडियो केही दिन अगाडि सिरियाको राजधानीमा रेकर्ड गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ती बालक बेलायत, इजिप्ट, टर्की, ट्युनिशिया र उज्बेकिस्तानका हुन्। हातमा बन्दुक लिएका एक बालकले अबरी भाषाको केही बोल्दै एक बन्दीलाई टाउकोमा थप्पड हान्छन्। त्यसपछि पाँचै जना बालकले आफूसँग रहेको बन्दुकले पाँचै जना कुर्द लडाकुको हत्या गरेको दृष्य देखाइएको छ।
भिडियोमा आइएसलाई सिरियाको रक्काबाट धपाइएपछि उनीहरु पहिला भन्दा झन क्रुर हुँदै गएको संचारमाध्यमले उल्लेख गरेका छन्। सो भिडियोमा सेनाका पोशाक लगाएका पाँच बालक देखाइएको छ। उनीहरुको हातमा बन्दुक छ। संचारमाध्यमका अनुसार ती बालक बेलायत, इजिप्ट, टर्की, ट्युनिशिया र उज्बेकिस्तानका हुन्। हातमा बन्दुक लिएका एक बालकले अबरी भाषाको केही बोल्दै एक बन्दीलाई टाउकोमा थप्पड हान्छन्। त्यसपछि पाँचै जना बालकले आफूसँग रहेको बन्दुकले पाँचै जना कुर्द लडाकुको हत्या गरेको दृष्य देखाइएको छ।

आइएसले आफ्नो पछिल्लो समय हत्यामा बालकको प्रयोग गर्न थालेका छन्। ‘द सन’ पत्रिकाका अनुसार सो हत्यामा संलग्न बेलायती बालकको पहिचान अबु अब्दुल्लाह ब्रिटानीको रुपमा भएको छ। गोरो वर्ण र निला आँखा भएका ती बालकको उमेर १२ वर्षको मात्र भएको बताइएको छ। अरबी भाषामा अबुको अर्थ छोरा हुन्छ। उनी युवा ब्रिटिश आतंकवादी अबदुल्लाह अल ब्रिटानीको छोरा भएको हुनसक्ने संचारमाध्यमले उल्लेख गरेका छन्। जसको विवाह सिरियामा भएको थियो। उनको ड्रोन आक्रमणमा मृत्यु भएको थियो।

‘द टाइम्स’ का अनुसार अर्को एक बालकले अरबी भाषामा ‘अमेरिका, बेलायत र नरकमा सैतानको सहयोगबाट पनि कसैले कुर्दलाई बनाउन सक्दैन,’ भनेका छन्। त्यसपति पाँचै जना बालकले ‘अल्लाहु अकबर’ भन्दै आकाशमा पहिला गोली चलाएर पाँचै जना कुर्द बन्दिलाई गोली हानी हत्या गरेको भिडियोमा देखाइएको छ। उनीहरुको शवमा पनि पाँच जना बालकले बारम्बार गोली हानेको देखाइएको छ। पाँचै जना बालक आतंकवादीको नक्कल गर्दै गरेको देखाइएको छ। सिरिया र इराकमा धेरै बेलायती नागरिक आइएसमा भर्ती भएको आशंका गरिएको छ। लडाकुको संख्यामा कमी आउन थालेपछि आइएसले बच्चालाई निसाना बनाउन थालेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१