वर्ड भिजनको सहयोगमा डिप्रोस नेपालले गोरखमा गरेको कामको प्रशंसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार १३:२५

काठमाण्डौ । बिनासकारी भूकम्प पछी सेवा गर्न आएको गैरसरकारी सस्था वर्ड भिजनको आर्थिक सहयोगमा डिप्रोस नेपालले गोरखा जिल्लामा प्रभाबकारी रुपमा काम गरेको पिडितहरुले बताएका छन । बिनासकारी भुकम्पपछी सस्थाले गोरखाको हर्सपुर,केनेबारी,लो,प्रो,समागाउँ सिद्धबास,थुन्चेत, साथै पालुङटार नगरपालिका भित्रका बास्तबिक पिडितहरुलाई सेवा गर्दै आएको छ । बुडी आमैसस्थाले टुहुरा बालबालिका,ज्येष्ठ नागरिक,महिला अशक्त छनोट गरी प्रती ब्यक्ती बाराबर ७ हजार ५ सय रुपियाँको दरले ५३ सय घरधुरीलाई सहयोग गर्दै आएको वर्ड भिजनले जनाएको छ ।नयाँ शक्ति नेपालका अशोक देबकोटाको अनुसार सस्थाले टुहुरा बालबालिका,ज्येष्ठ नागरिक,महिला अशक्त छनोट गरी गरेको कार्य सर्हानिय रहेको बताउनुभयो । पालुङटार नगरपालिका नगर प्रमुख कार्यकारी अधिकृतराकेश गुरुङले नामावली सङकलन गर्दा स्थानिय राजनितिक दल नागरिक समाज,स्थानिय बुद्धीजिबी वडा नागरिक मञ्च सबैसंग सहकार्य गरेर काम गरेको बताउनुभयो । सस्थाले सबैभन्दा बढी बृद्धबृद्धाहरुलाई गरीएको सहयोग प्रशंसा  गर्न लायक रहेको स्थानिय बृद्धहरुले बताएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१