मन्त्री महत पत्नीको चिकेन रेसिपी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार ०५:५९

Chickenशुक्रबारमात्रै परराष्ट्र मन्त्रालयको जिम्मा सम्हालेका नेता डा. प्रकाशशरण महतकी श्रीमती वीना महतले आफूलाई मनपर्ने रेसिपीको कुरा गरिन् । उनले बनाउने गरेको पाकिस्तानी चिकेन रेसिपी रहेछ ।
मसलेदार, स्पाइसी, फ्राई खानाको पारखी वीनालाई आफूले बनाएको चिकेन रेसिपी स्वादिस्ट लाग्छ रे । तर उनका श्रीमान् डा. महत भने भेजिटेरियन हुन् । उनी सादा तथा कन्टिनेन्टल खान मन पराउने रहेछन् । भेज भएका कारण वीनाको सबैभन्दा प्रिय चिकेन रेसिपीको प्रशंसा उनले भने गर्न भ्याएका छैनन् ।
वीना भन्छिन, उहाँ पहाडमा हुर्कनुभयो, म तराईमा । ठाउँअनुसार पनि खानाको रुचि फरक हुने रहेछ । तराईमा धेरै मसला प्रयोग गर्छन् तर पहाडमा सादा खाने रहेछन् । उनी पाहुना आएको बेलामा यही रेसिपी तयार गर्छिन् । तीजको दरमा पनि उनी यही रेसिपी समावेश गर्छिन् । भन्छिन्, ुयो रेसिपीमा बोइलरको कुनै गन्ध आउँदैन । एकदमै स्वादिलो हुन्छ ।
पाकिस्तानी चिकेन रेसिपी बनाउने विधि
कुखुराको मासुलाई मज्जाले धुने ।
–फराकिलो कराईमा तेल तताएर लसुन, गेडा जिरा, हरियो वा रातो खुर्सानी फुराउने ।
–त्यसको रङ खैरो भएपछि लामो लामो, पातलो गरी काटिएको प्याज लगाउने ।
दुई केजी मासुको लागि आधा केजी प्याज चाहिन्छ०
–प्याज लपक्क हुने गरी पाकेपछि, सानो टुक्रा टुक्रा काटिएको गोलभेँडा हाल्ने ।
गोलभेँडा रातो गरी पाकेको हुनुपर्छ ०
–गोलभेँडा र प्याजको पूरै पानी सुक्न दिने । प्याजबाट तेल छुट्टिन थाल्छ । रङ रातो देखिन्छ ।
त्यसमा चिकेन हाल्ने, चलाइरहने ।
मासुबाट आएको पानी सुक्न दिने ।
त्यसपछि, अदुवा, लसुन, खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो लगाउने ।
मासुको भित्रसम्म मसला पस्न दिनुपर्छ ।
पाकिसकेपछि उमालेको थोरै पानी लगाएर, ग्रेभी बनाउन सकिन्छ ।
कम्तीमा ४५ मिनेटमा पाक्छ ।
भात वा पुलाउ जेसँग खान पनि सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१