थर नलेख्ने बलिउड अभिनेत्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७३, सोमबार १७:३१

मुम्बई÷एजेन्सी। बहुसंख्यक बलिउड अभिनेत्रीले आफ्नो नामसँगै थर लेख्दै आएका छन् । तर, केही अभिनेत्रीले न त विवाहअघि थर लेखे । न त विवाहपछि नै थर लेख्दै आएका छन् ।

जसमध्ये अभिनेत्री काजोलले विवाहअघि आफ्नो नामको पछि थर लेखिनन् । उनको थर मुखर्जी हो । उनले अजय देवगनसँग विवाह गरेकी हुन् । विवाहपछि उनी काजोल देवगन हुन चाहिनन् । उनले अहिले पनि काजोल मात्र लेख्छिन् ।

यस्तै, अर्की अभिनेत्री श्रीदेवीको थर अøयपन हो । उनले यो थर कहिल्यै लेखिनन् । उनले निर्माता बोनी कपुरसँग विवाह गरिन् । विवाहपछि पनि श्रीदेवीले नामको पछि कपुर थर लेखिनन् । उनी अहिले पनि श्रीदेवी नै लेख्छिन् । अभिनेत्री तब्बुले पनि न विवाहअघि आफ्नो थर लेखिन्, न त विवाहपछि नै पतिको थर लेख्ने गरेकी छन् । उनको वास्तविक नाम तब्बसुम हाश्मी हो । उनले आफ्नो नाम तब्बु मात्र लेख्दै आएकी छन् ।

बलिउड अभिनेत्री रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । उनले बलिउड प्रवेशदेखि नै आफ्नो नाम रेखा लेख्दै आएकी छन् । उनी पनि नामको पछाडि थर लेख्दिनन् । उनी रेखा मात्र लेख्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१