हलिउडमा मात्रै नभएर संसारभर जेम्स बोन्डको जगजगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७३, सोमबार १७:२८

गिर्लहलिउडमा मात्रै नभएर संसारभर जेम्स बोन्डको जगजगी छ । जेम्स बोन्ड सिरिजमा ‘डबल ओ सेभेन’ कोडले चिनिने मुख्य पात्र बन्ड बेलायती जासुस एजेन्ट हो । फिल्ममा उसले देखाउने चातुर्यता नै बोन्ड विशेषता हो । जेम्स बोन्ड सिरिजमा नायक जति चर्चित छ, नायिका पनि बोन्ड गर्लका नामले चर्चा पाउने गर्छन् । त्यसैमध्येकी एक हुन्, केटरिना मुरिनो । यी ३८ वर्षीया इटालियन नायिका मुरिनो ‘क्यासिनो रोयल’ मा डेनियल क्रेगकी बोन्ड गर्ल भएर खेलेकी छन् ।

उनै बोन्ड गर्ल पहिलोपटक बलिउड फिल्ममा देखिँदै छिन् । फिल्म ‘फिवर’ मा केटरिनालाई एक गीतमा दर्शकले देख्न पाउने छन् । केटरिनाले केही अघि आफूलाई बलिउड डान्सले आकर्षित गर्ने गरेको बताएकी थिइन् ।

त्यसो त बलिउडको विशेषता नै गीत, संगीत र नृत्य हुने गर्छ । हलिउड फिल्ममा पात्रहरूलाई मुस्किलले गीत गाउँदै चोक–चोकमा वा डाँडाकाँडामा नाच्दै गरेको देख्न पाइन्छ । यस्तोमा केटरिनाको चाहना पनि अस्वाभाविक हैन ।

उनको बलिउड फिल्ममा डान्स गर्ने चाहना भने यतिबेला निर्देशक राजीव जावेरीले पूरा गरिदिएका छन् । राजीवले केटरिनालाई ‘फिवर’ को एक गीतमा नचाएका छन् ।

‘राजीवले मेरो डान्स गर्ने चाहना बुझेपछि आफ्नो फिल्ममा लिएका हुन् । जुन फिल्ममा मैले पनि डान्स गरेकी छु,’ केटरिनाले भनेकी छन्, ‘तर यो डान्समा बलिउडकै पारम्परिक डान्सभन्दा पनि युरोपियन शैलीको ज्यादा प्रयोग गरिएको छ । फिवरले मेरो ६० प्रतिशत इच्छा पूरा गरिदिएको छ ।’ यी नायिकालाई बलिउडप्रति मोह मात्रै नभएर काफी जानकारी पनि रहेछ ।

उनले बलिउड फिल्म भन्नेबित्तिकै डान्स, शास्त्रीय र ऐतिहासिक चीज सम्झने मान्यताभन्दा आफू फरक रहेको बताउँदै थपिन्, ‘तर मलाई लाग्छ, बलिउडले यसभन्दा पनि धेरै गरिरहेको छ ।’ त्यसो त उनले ‘फिवर’ ले पनि अन्तर्राष्ट्रिय रूपमै दर्शकलाई आकर्षण गर्न सक्षम रहेको पनि जिकिर गरिन् ।

सस्पेन्स थ्रिलर जानरामा बनाइएको ‘फिवर’ मा राजीव खंडेलवाल, गौहर खानका साथमा ब्रिटिस नायिका गेम्मा एटकिंसन पनि छिन् । फिल्म पछिल्लो शुक्रबार रिलिज भइसकेको छ ।

बलिउडका नायिकालाई हलिउड मोहले छोएर धमाधम अमेरिका बसाइँ सर्न थालिरहेका बेला हलिउड नायिकाले भने बलिउड आकर्षण दर्शाएकी हुन् । प्रियंका चोपडा, दीपिका पादुकोण हुँदै यतिबेला नरगिस फाखरी पनि हलिउड फिल्ममा दोहोरिँदै छिन् । गत वर्ष नै फिल्म ‘स्पाई’ मा नै छोटो मीठो भूमिका निर्वाह गरिसकेकी नरगिसलाई यतिबेला नम्रता सिंह गुजरालले आफ्नो नयाँ हलिउड फिल्मका लागि क्यान्डी क्लार्क र बो डेरेकसँगै खेलाउन लागेकी हुन् ।

तर ‘क्वान्टिको’ टीभी सिरिजकी नायिका प्रियंका चोपडा भने दुई महाद्वीपमा करिअर सम्हाल्नु मुस्किल हुने बताउँछिन् । उनी आफैं नै हलिउडमा फिल्म र टीभी सिरिजमा व्यस्त छिन् । अमेरिकामा संगीतलाई पनि निरन्तरता दिइरहेकी छन् । बलिउडलाई छोड्न नसकेकी प्रियंका भोजपुरी फिल्मबाट निर्मात्रीका रूपमा पनि देखिँदै छिन् ।

यस्तोमा उनका लागि समय व्यवस्थापन गर्नु मुस्किल काम त हो नै । कतै बोन्ड गर्ल केटरिना पनि डान्स गर्न बलिउड छिरेर यतै हराउने पो हुन् कि रु त्यसो त यतिबेला उनको हलिउडमा पनि फिल्म हातमा छैन । नरगिस फाखरी, सनी लियोनी पनि बलिउड छिरेपछि फेरि फर्किन सकेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१