स्वास्थ्य मन्त्रि ज्यु के मेरो बाँच्न पाउने अधिकार छैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७३, सोमबार ०८:३२
बिरामीकाठमाडौँ । नेताहरु सामान्य स्वास्थ्य उपचारका लागि बिदेशका महंगा अस्पताल दौडिरहेका छन् तर २८ बर्षे एक युवक दुवै मिर्गौला फेल भएपछी डाइलोसिसका लागि पैसा नभएर मृत्यु संग जुधिरहेका छन् । धादिंगका २८ बर्षिय कृष्ण शाही  ठकुरी बिगत डेड बर्ष देखि दुवै मिर्गौला फेल भएपछी जीवन र मृत्युको दोसाँधमा छन् ।  जब उनको दुवै मिर्गौला फेल भएको कुरा परिवारलाई थाहा भयो उनको परिवारले आफुले मिर्गौला दिन नसक्ने भन्दै उनलाई निरास बनाइदिए । अरुको त् के कुरा भयो र संगै बाच्ने मर्ने कसम खाएकी श्रीमतीले त् झन् सम्बन्ध नै तोडिन ।
केहि हद सम्म भए पनि शाहीलाई बरु सहयोगी मनहरुको सानो सहयोग प्राप्त हुने गरेको छ । आफुले मेहनतले कमाएको र सहयोग बापत प्राप्त भएको १२ -१३ लाख रुपैया डाइलोसिस र औषधिका लागि खर्च भैसकेको शाही बताउछन । हाल डाइलोसिस र मासिक १५ हजारको औषधि सेवन गर्दै आएका शाही अब उप्रान्त आफु संग पैसा नभएको गुनासो गर्छन ।
पहिले भारतमा सामान्य नोकरी गर्दै आएका  शाही उज्ज्वल भबिष्यको सुनौलो सपना बुनेर केहि समय अघि दुबई  उडेका थिए । चर्को घाम ,पानीको चरम अभाव , तरकारीको महँगीका कारण उनले दुबईमा मात्र पैसाको लागि काम गरे फलस्वरूप उनका दुवै मिर्गौला पूर्ण रुपमा काम नलाग्ने भए ।
गत बैशाखको महा भूकम्प पश्चात घर फर्केका उनि केहि समय पश्चात बिरामी परे र जचाउँदा दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगिसकेको थाहा पाईएको उनि बताऊछन् ।एकातिर भूकम्पले दिएको चोटको पिडा त छँदै थियो, त्यसमाथि परिवारको आर्थिक श्रोतको आधार आफ्नो दुवै मृगौलाले काम नगर्ने भएपछी झनै उनि माथि ब्रजपात आइपरेको छ ।त्यति मात्रै नभई उनको आफ्नो जिबनको आधार बुबा जन्मजात अपाङ्ग हुन् भने आमाको मृत्यु भैसकेको छ । श्रीमती पनि उक्त रोग पश्चात उनि सँग सम्बन्ध टुटाई गईसकेकी छिन ।
मुलुकको आर्थिक मेरुदण्डको रुपमा  रेमिट्यान्स रहेको छ ,तर मुलुकमा रेमिट्यान्स भित्राउने यिनै युवा अवस्थामै जीवन मृत्यु संग लडिरहेका छन् । के सरकारको यसमा कुनै भूमिका छैन ? के सरकार यसमा जवाफदेही हुनु पर्दैन ? र के स्वास्थ्य सेवा नेताहरुको पावर र पहुँचमा मात्र पुगेको हो ? सम्बन्धित निकायको बेलैमा ध्यान जाओस । स्वास्थ्य मन्त्रि गगन थापा ज्युको पनि यसमा ध्यान जाओस ।
अन्य बृस्तित जानकारीको लागि मिर्गौला पिडित कृष्ण शाही ठकुरी  सँग सिधा 9865052648 अथवा, 9818769110 मा सम्पर्क गर्न सकिने छ  !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१