माया गर्ने मान्छे पाए बलिउड करिअर नै छाडिदिने : कट्रिना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७३, आईतवार १८:३५

katrinaनायिका कट्रिना कैफको करिअर अहिले सन्तुलीत रुपमा अगाडि बढेको छ । यी नायिका बलिउड करिअरमा सफल मानिन्छिन् । नायक रणवीर कपुरसँगको प्रेममा परेपछि कैफको करिअर ओरालो लागेको थियो । तर, अहिले यी दुई अलग भैसकेका छन् ।

रणवीरको प्रेममा लामो समय परेकी कट्रिना आफूलाई माया गर्ने मान्छे पाएको खण्डमा बलिउड करिअर नै छाडिदिने बताउँछिन् । कट्रिनाले भनिन्(‘पक्कै पनि कोही पुरुषले आफूलाई वास्तविक प्रेम गर्छ भन्ने लाग्छ भने, म बलिउड करिअर छाड्न तयार छु ।’

उनले भनिन्(‘यदि मेरो मनले मलाई घरमै बसेर बच्चा हुर्काउनु भन्छ भने म बलिउड करिअर छाड्न तयार छु । हरेक महिला जस्तै मलाई पनि आमा बन्ने रहर छ । हरेक महिलाले यो कुरालाई पछ्याउछन् भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१