सानो आँखाको मेकअप १० स्टेपमा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७३, आईतवार ०७:०४

eyes make

शारदा थापा क्षेत्री सौम्य ब्युटिपार्लर, जमल अधिकांश महिला,

विशेषगरी युवतीहरूको रोजाइ हुन्छ, ठूला आाखा । तर, भाग्यको कुरा सबैका आाखा चाहेजस्ता ठूला हुादैन । तर, साना आाखा हुादैमा के खराबी भयो र ? सौन्दर्य आर्टको यो जमानामा आाखा साना भए भनेर चिन्ता लिनुपर्ने कुनै ठाउा नै छैन । आाखाको मेकअप गरेर आवश्यकताअनुसार लुक्स दिन सकिन्छ । ब्युटिसियन शारदा थापा क्षेत्रीले साना आाखालाई ठूलो देखाउने गरी मेकअप गर्ने स्टेप टिप्स दिएकी छिन् :

१आई प्राइमर लगाउने । यो सबै आँखाका लागि अत्यावश्यक हुन्छ । किनभने, आई प्राइमरको काम छालालाई मेकअप किट्समा हुने केमिकलबाट सुरक्षित राख्नु हो । आई प्राइमर लगाएर मात्रै आँखाको मेकअप सुरु गर्नुहोला ।

२ आई बेस लगाउने । आई बेस स्किन टोनसँग मिलाएर लगाउनुपर्छ । स्किन टोनसँग मिलाएर बेस बनायो भने आँखाको मेकअप गर्न सजिलो हुन्छ ।

३ आई टेप लगाउने । यसले सानो आँखालाई ठूलो बनाउन महत्त्वपूर्ण योगदान राख्छ । आई टेप बजारमा रेडिमेड पाइन्छ । झुन्डिएको लोतीलाई केही माथिसम्म उठाएर यसले आँखालाई फराक देखाउन भूमिका खेल्छ । साना अझ चिम्सा आँखामा आई टेपको महत्त्वपूर्ण भूमिका रहन्छ ।

४ डार्क कलरको स्याडो लगाउने । डार्क स्याडोले आँखाको भित्री एरिया ठूलो देखाउँछ ।

५साइड कर्नरमा आफ लाइन गाजल लगाउने । हाफ मात्रै गाजल लगायो भने पनि आँखा ठूलो देखिन्छ । कतिपयलाई यस्तो गाजल फेसनेवल पनि देखिन्छ र सुहाउँछ । तर, कतिपयलाई हाफ सुहाउँदैन । यस्तो अवस्थामा बाहिरसम्म देखिने गरी मोटो पारेर गाजल लगाउनुपर्छ ।

६गाजलको तल डार्क कलरको स्याडो लगाउने । यो डार्क स्याडोको प्रमुख काम हो, गाजल बग्न नदिनु । गाजलमुनिको डार्क स्याडोले आँखालाई आकर्षक पनि देखाउँछ ।

७तलमाथि दुवैतिर मस्कारा लगाउने । मस्काराले आँखाको भोल्युम देखाउँछ । मस्काराले परेलालाई पनि मोटो देखाउँछ । परेला मोटो देखिएपछि आँखा स्वत: ठूला देखिन्छन् ।

८सुहाउँदो ल्यासेस लगाउने । फेसनेवल युवतीहरू अहिले ल्यासेस लगाउन भुल्दैनन् । यसले डिफ्रेन्ट लुक्स दिन्छ । आँखाको ठूलो गुण भनेकै ल्यासेस हो ।

९लाइनर लगाउने । नक्कली ल्यासेस लगाएको बाहिर सहजै नदेखियो भन्नका लागि लाइनर लगाउने गरिन्छ । ल्यासेसको ज्वाइन्ट छोप्नका लागि लाइनरको महत्त्वपूर्ण भूमिका रहन्छ । लाइनर लगाएपछि नक्कली ल्यासेस पनि नेचुरलजस्तो देखिन्छ ।

१०सिमर स्याडोले टचअप गर्ने । यसले आँखालाई हाइलाइट गर्छ । आँखा खुलेको देखिन्छ ।

साभार नयाँपत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१