गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा खस्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७३, शुक्रबार ०६:५७

बस त्रिशूलीमाकाठमाडौँ ,१० भदौ । गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा खसेको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।
मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो। मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।
स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१