ह्याङओभरबाट बच्न के गर्नुपर्ला ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७१, बिहीबार ०६:३६

हामी ह्याङओभर भन्छौं । यसका लक्षणहरुमा टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, तिर्खा लाग्ने, घाँटी सुक्ने, थाक्ने आदि हुन् । धेरै रक्सी खाएपछि मानिसलाई धेरै पिसाब आउँछ र यसले मानिसको शरीरमा पानीको मात्रालाई कम गर्छ । रातभर फुटबल र रक्सीको मज्जा तर भोली अफिसमा जाँदा नमज्जा हुने हुँदा यसबाट बच्ने उपायहरु यहाँ प्रस्तुत गरिएको छ । १. रक्सीको प्रकार र मात्रामा ध्यान दिने । B707KM Woman lies drunk on floorवाइट रम, भोड्का, जिन आदिले हल्का ह्याङओभर दिने गर्छ । कति धेरै ह्याङओभर हुन्छ भन्ने कुरा रक्सीमा भएको अल्कोहलको मात्राले निर्धारण गर्छ । त्यसमा ध्यान दिन जरुरी छ । २. पेन किलर खानुहोस् । पेटमा रक्सी भएको बेला प्यारासिटामोल खाँदा त्यसले तपाईंको कलेजोमा असर गर्न सक्छ । त्यस्तै एस्पिरिनले पेटलाई हानी गर्ने र ग्यास्ट्रिक बनाउन सक्छ । त्यही भएर आइब्रुफिन खान सुझाव दिइन्छ । ३. बिहान उठेर चिनी र बोसो भएको खाने कुरा खायो भने ह्याङओभरबाट राहत दिन्छ । रक्सी खानुअघि पर्याप्त मात्रामा खानेकुरा खाँदा पनि मानिसलाई ह्याङओभर हुँदैन । ४. रक्सी खाएपछि मानिसको शरीरमा पानीको मात्रामा कमी हुनेहुँदा यसलाई ध्यानमा राख्नुपर्छ ।  Drunk-Womanपिसाब फेरेपछि वा बान्ता गरेपछि प्रसस्त पानी पिउनुपर्छ । सुत्नुभन्दा पहिले पनि पानी पिउनुपर्छ । बिहान उठेर कागती पानी खाँदा पनि ह्याङओभर कम हुन्छ । ५. बिहान चिया वा कफी खायो भने त्यसले झन् ह्याङओभर बढाउँछ । ६. जुस पनि खानु राम्रो हो । भिटामिन सि ले तपाईंको शरीरलाई चाहिने पौष्टिक आहार दिन्छ । ७. मह खायो भने घाँटी खस्रो हुँदा राहत दिन्छ । माथि दिएका उपायहरु ह्याङओभरबाट बच्न सहयोगी हुनसक्छ ।

प्रतिक्रिया