फेरी अर्को दर्दनाक हत्याको कारण बन्यो अन्तरजातीय विवाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार ०६:२३

dalitमेघराज सापकोटा । अन्तरजातीय विवाहले अजित मिजार ढकालको मृत्युको यात्रा दिलाएको खबर सेलाउन नपाउँदै पोखरामा अर्का एक जोडीले आफ्नो अमूल्य जीवन गुमाए । स्याङ्जाको किचनास–३ का सञ्जीव नेपाली र पौवेगौडे–२ की सोनम रेग्मीको जीवनले पूर्णविराम पाएको यो दर्दानक हत्याको कारण पनि अन्तरजातीय विवाह थियो ।

सञ्जीव र सोनमको विवाहले विशेष गरी सोनमको परिवार खुशी थिएन । सञ्जीव दलित परिवारका थिए भने सोनाम आफुलाई उपल्लो जातको भनिने बाहुन परिवारकी छोरी । कलिलै उमेरमा (१७ वर्ष) भागेर प्रेम विवाह गरेका यी दुई जोडीको विवाह भएको ५ वर्षपछि मृत्यु हुनुमा हाम्रो समाज कत्तिको दोषी छ ? यसको लेखाजोखा बिदेशमा बस्ने नेपालीहरुले पनि उत्तिकै गर्नेगरेका छन् ।

सञ्जीव विगत १९ महिनादेखि यूएईमै कार्यरत रहेको र श्रीमती सोनमको हत्या गरी आत्महत्या गर्नु भन्दा १ दिनअघि मात्र उनी नेपाल गएका थिए । उनलाई यो अवस्थासम्म ल्याइपुर्याउन कसको हात रहेको छ भनेर विदेशमा रहेका दलित समाजसेवी र अधिकारकर्मीहरुले विशेष आवाज उठाउन थालेका छन् । अझ नेपालका केही मिडियाले अन्तरजातीय विवाहका कारण भएको उक्त दुःखद् घटनालाई सोनमको रुपसँग जोडेर उनको रुपलाई कारण बनाउँदै दलित अधिकार र छुवाछूतविरुद्धको आन्दोलनलाई कमजोर बनाउने काम भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१