इटालीमा शक्तिशाली भूकम्प,शहरको आधा भाग ध्वस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७३, बुधबार ११:२३

रोम । इटालीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाटि्रसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१