पत्रकार हत्या गर्नेलाई जन्मकैद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७१, बिहीबार ०५:५७

इलाम,२६ असार  ।  झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई पुनरावेदन अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ । 
न्यायाधीशद्वय उदयप्रकाश चापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलासले मङ्गलबार पौड्यालको हत्यामा संलग्न झापाकै युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल (कार्की) र सोमनाथ ढकाललाई जन्मकैदको फैसला सुनाएको पुनरावेदन अदालत इलामले जनाएको छ । अदालतले हत्यामा संलग्न ठह¥याइएका मदन राईलाई भने छ महिनाको कैद सजाय सुनाएको छ ।download

विसं २०६८ चैत २१ गते झापाको विर्तामोडस्थित बसपार्कमा पत्रकार पौड्यालको हत्या भएको थियो । मोरङ सिजुवा घर भएका ३८ वर्षीय पत्रकार पौड्याल झापाको विर्तामोर्डबाट राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा संवाददाताका रूपमा कार्यरत थिए । – रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१