डिप्रेशनबाट कसरी उम्कने ! यस्तो छ तरिका हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १२:२७

डिप्रेसनकाममा सक्रिय: धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुसी प्रदान गर्छ । हरेक कुरामा रुचि राख्दा सन्तुष्टि र आफ्ना बारेमा राम्रो महसुस गर्न सहगोग गर्छ । यसले समस्या र नकारात्मक सोचबाट दिमागलाई टाढा भगाउँछ । रुचि बढाउने केही तरिका छन् । जस्तै स् घरको सामान्य काममा व्यस्त हुने, बिरामी वा बूढा मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।

सकारात्मक सोच : डिप्रेसनमा नकारात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धि, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशका रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै सामाजिक जीवनमा सुधार ल्याउँछ । पीडाको समयमा खुसीसाथ बाँच्नु एउटा साहसिक छनोट पनि हो ।

समस्याको पहिचान स् सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्नु जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–साना उपायको पहिचान गर्नुपर्छ । समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनुपर्छ । जीवनमा किन पीडादायी वा नकारात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो हुनुको कारण पत्ता लगाउनु जरुरी छ ।

खराब स्वभाव रोक्ने स् गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवतः साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् रु आफ्ना अघि जस्तासुकै देखिएपछि बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् । आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हुँदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।

भएकोमा सन्तुष्ट स् आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नुपर्छ । निराश मानिस निश्चित विषय जस्तै ः विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ ।

सोच परिवर्तन स् खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने काम हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाका लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने मेरो आफ्नै गल्ती छ भन्ने महसुस गर्नुपर्छ । मैले यस्तो सोच्ने होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–साना रमाइलोमा खुलेर हाँस्नुपर्छ । नकारात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१