उमेरको वृद्धिसंगै कपाल फुल्ने ६ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १२:०१

कपालकाठमाडौ,७ भदौ ।
१.उमेरको असर– उमेरको वृद्धिसंगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । यहीकारण वृद्ध उमेरमा कपाल सेतो हुन्छ ।
२. वंशाणुगत असर– यदि बाबुआमा या परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा सेतो भएको छ भने छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ ।

३. पोषक तत्वको कमी– शरीरमा प्रोटीन, आइरन, भिटामिन बी १२, जिंकजस्ता पोषकतत्वको कमी भएको छ भने कालो बनाने मेलानिन तत्व कम बन्छ र कपाल सेतो हुन्छ ।

४. औषधिको साइडइफेक्ट– डिप्रेसन, मलेरियाका औषधि तथा केही एन्टिबायोटिक लामो समयसम्म लिइरहने मानिसमा औषधिको साइडइफेक्टका कारण कपाल चाँडै फुल्न सक्छ ।

५. रसायनको असर– शेम्पु, कन्डिसनर, ब्लीच र अन्य हेयर प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्न सक्छ ।

६. रोगको कारण– सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स,डिप्रेसन र स्ट्रेसजस्ता समस्या भएको अवस्थामा कपाल चाँडै फुल्न थाल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१