अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार १७:२२

अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ हुनेकाठमाडौँ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ ।
मेरो लुक्स प्रालिको आयोजनामा मङ्गलबार होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो ।

संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर एलिजावेथ पार्करले नेपालमा पहिलोपटक हुन लागेको यस प्रतियोगितामा आफू निर्णायकका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

संस्थाका निर्देशक अनिल बस्नेतले पहिलोपटक आयोजना गर्न लागेकाले प्रतियोगिताको सम्पूर्ण खर्च आयोजक आफैँले बेहोर्न लागेको जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा उपाधि जित्ने विजेताले यही अक्टोबरमा अमेरिकाको लस भेगासमा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।

प्रतियोगितामा १७ वर्षदेखि २६ वर्षसम्मका युवतीले सहभागिता जनाउन सक्नेछन् । यसपटक नेपालका विभिन्न स्थानबाट छनोट भई आएका १० सहभागीले प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१