तिजको मेला हेर्न गएका दुई युवाको गोली हानी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार १२:५२

दाङ । पुरानो रिसीविका कारण दाङमा एक युवकले २ जनाको गोली हानी हत्या गरेका छन ।

देउखुरी गढुवा ५ खबरी नाकाका ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।hatya 1

प्रहरीका अनुसार गोली लागी गम्भिर घाइते भएका कालु रोकाको उपचारका लागि कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको हो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतवार राति खबरी नाकामा लागेको तीजको मेला हेर्न गएका ति दुई जनालाई पुनले पुरानो रिसिविका कारण गोलि हानेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पुन र रोका द्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताइएको छ ।

मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ । गोलि हानी फरार रहेका कर्णबहादुर पुनको  खोजीकार्य भइरहेको र सबै नाकामा कडाई गरिएको एसपी सिंहले वताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१