रत्नको जन्मदिनमा सरकारले दियो ‘अन्धकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार ०७:५२
  •  काठमाडौं ६ भदौ। नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मञ्जिलको विद्युत लाइन बक्र्यौता नतिरेको भन्दै लाइन काटेको छ ।
  • Ratna-Shah

    रत्नको ८९ औं जन्मदिनको भोलिपल्ट सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ । शनिबार उनको जन्मदिन थियो ।

    लामो समयदेखि विद्युत महसुस नतिरिएको र ३७ लाख ३१ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रियाअन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशन मुकेशराज काफ्लेले बताउ ।

    बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ । गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो । पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको सम्पूर्ण व्यवस्थापन सरकारी निकायबाट हुँदै आएको छ ।

    पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फडिराज पाठकले राज्यको निर्णयबमोजिम बस्न उपलब्ध गराइएको महेन्द्र मञ्जिलमा बिजुलीको लाइन काटेर सरकारले न्यूनतम मानवीयता पनि नदेखाएको बताए । उनले भने, ‘यो भवन बडामहारानी रत्नको स्वामित्वमा छैन । सरकारले उहाँलाई बस्न उपलब्ध गराएको हो । धारा, बिजुली तथा यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिदै आएको छ ।ु

    पाठकले भने, ‘८९ वर्षीय वृद्धा बस्ने स्थानमा बिजुली काटेर सरकारले के क्रान्ति गर्न खोजेक हो ? उहाँको जीवन र स्वास्थ्यमाथि पनि यो खेलवाड हो ।’ महेन्द्र मञ्जिलसँग मुमा बडामहारानी रत्नको विशेष भावानात्मक सम्बन्ध छ । बिरामी अवस्थामा पनि परिवार तथा आफन्तले रेखदेखका लागि बाहिर लैजान खोज्दासमेत उनले महेन्द्र मञ्जिल छोड्न मानेकी छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१