काठमाडौंको मुख्य पर्यटकीय नगरी ठमेललाई ‘नन स्मोकिङ जोन’ बनाउनुपर्ने माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार ०६:०७

thapaliyaकाठमाडौं ।  काठमाडौंको मुख्य पर्यटकीय नगरी ठमेललाई ‘नन स्मोकिङ जोन’ बनाउनुपर्ने माग गर्दै बृहत ¥याली निकालिएको छ ।  लाइन्स क्लब अफ काठमाडौं सनराईजले ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

लाँखे नाँचसहित सञ्चालन गरिएको बृहत ¥याली ठमेलको सञ्चयकोषबाट सुरु भएर ज्याठा, ठहिटी, चाक्सिबारी, काठमाडौं गेष्टहाउस, सातघुम्ति, होटल वैशाली, भगवतीबहाल, नर्सिङचोक हुँदै पुनः सञ्चयकोषअगाडि आइपुगेर समापन गरिएको थियो ।

रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरका प्रमुख शान्तलाल मुल्मीले लाइन्स क्लब अफ काठमाडौं सनराईजले सुरुवात गरेको धुम्रपान सम्बन्धि जनचेतना अत्यान्त समयसान्दर्भिक कार्यक्रम भएको उल्लेख गर्दै यसमा राज्यस्तरबाट र सम्बन्धित निकायहरुबाट साथ सहयोग हुनुपर्ने धारणा राखेका थिए।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले ठमेल क्षेत्रलाई पूर्ण रुपमा नन स्मोकिङ जोन बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसको लागि सबै घरधनी, स्थानीय संघसंस्था, व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायहरु एक जुट भएर लाग्नुपर्ने बताए। त्यसको लागि ठमेल पर्यटन विकास परिषदको तर्फबाट खेल्नुपर्ने हरेक प्रकारको भूमिका खेल्न आफुहरु तयार रहेको पनि उनले बताए।

कार्यक्रमका सहभागीहरुले धुम्रपान रहित जोन बनाएर ठमेललाई मर्यादित पर्यटकिय नगरीको पहिचान दिनुपर्ने धारणा राखेका थिए। त्यसको लागि उनीहरुले आफ्नो ठाउँबाट हरप्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१