दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७३, आईतवार ०८:०१

जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्राललितपुर, ५  भदौ । ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा  मनाइएको छ ।

प्राचीनकालमा पोखरीको वरिपरि रहेको जिउँदै प्राणी  हराउने गरेकाले त्यसलाई निरन्तरता स्वरुप यो पर्व मनाउँदै आएको स्थानीयवासीले बताएका छन् । जिउँदो कुमारीपाठीलाई पोखरीमा फालेर बाहिर आउन नदिई मार्ने चलन भएको  भनाइ रहेको छ ।

बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ । उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउने गरेको बताइएको छ ।

गाईजात्रामा सहभागी टोलटोल परिक्रमा गर्ने क्रममा दिवङ्गत भएका आफन्तलाई श्रद्धालुबाट विभिन्न फलफूल, दही, रोटी, केराउ दान गर्ने चलन रहँदै आएको छ । दिवङ्गत भएकाका आफन्तले उनीहरुको सम्झनामा गाउँ परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने जनविश्वास रहेको पाइन्छ ।

मल्लकालीन राजा प्रताप मल्लका पुत्र चक्रवर्तिन्द्रको निधनले रानी भावविह्वल भएर शोकमा डुबेको अवस्थामा दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन गाईजात्रा प्रारम्भ भएको किंवदन्ती रहेको पाइन्छ ।

यसैगरी, चापागाउँमा रोपाइँ जात्रा भव्यताका साथ मनाइएको छ । जात्रामा सहभागीहरुले खर्पन, कोदाली, चाँदी, धानको बीउ, खाजा पानीलगायतका सामग्री लिएर यो जात्रा मनाउने गरिन्छ ।

विशेषगरी यहाँ लाखे जात्रा आकर्षणको रुपमा हेर्ने गरिन्छ । यसमा अनुहार मखुन्डोले छोपेर नाचगान गर्ने चलन रहेको छ । साथै, विभिन्न झाँकी निकालेर जात्रा मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१