आखिर धेरै चर्चा परिचर्चा फिलोपिनी नागरीक एवं नेपालकी बुहारी जोयाको मात्र किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७३, शनिबार १३:२६
 जोय
कर्ण बहादुर अधिकारी/  मकाउ,चीन। फिलिपिनी नागरीक एवं नेपालकी पीडित बुहारी भनेर चिनिएकी जोयाको उद्धार गरी फिलिपिन्स पठाएको कुरा सामाजिक संजालहरूमा खुबै भाईरल भए।हामीले जोयाको बारेमा जे सुन्यौ त्यो एकदमै दुखित साथै पीडादायी कुरा थियो।हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको भावनामा यस घटनाले एकदमै गहिरो चोट पुरायो साथै सबै दुखित बने कोहि रोई रोई भिडियो शेर गर्दै थिए त कोहि लेखहरू शेर गर्नमा नै ब्यस्त थिए। एउटा फिलिपिनी केटी नेपाली केटाको माया जालमा फसेर जन्मभूमि फिलिपिन्स छाडेर बिदेशी भूमि नेपालमा आएकी थिईन र आउनु स्वभाबिकै पनि थियो तर उनीहरू बीचको सम्बन्धमा कसरी दरार आयो भन्ने बारे दुवै पक्ष बीच कुरा बुझेर चर्चा गर्न पाए अझै राम्रो हुने थियो।यहाँ त केवल घर र श्रीमानबाट तिरस्कृत भएकी बुहारीलाई उद्धार गरी उनको माईती देश पठाएको कुरा खुबै चर्चामा आयो उद्धार गर्नु राम्रो पनि थियो तर उद्धार गर्नुको साथ साथै कानुनी प्रकृया अपनाएर पीडित जोयालाई न्याय दिलाउन पनि अपरिहार्य थियो। नेपालमा जन्मिएका ती २ वटा नाबालक छोराहरूलाई नेपाल सरकारले कसरी फिलिपिन्स पठायो? आखिर ती दुई बालक नेपालकै नागरीक हुन।यीनको बारेमा चर्चा गर्दै जाने हो भने यस्ता खाले प्रश्नहरू धेरै नै उब्जिन्छन तर हामी सबैले बुझ्नु पर्ने कुरा के छ भने फिलिपिनी नागरीक जोया भिजिट भिषामा ५ बर्ष अगाडी नेपाल आएकी पर्यटक हुन।बिगतमा यिनका बारेमा न त नेपाल सरकारले नै चासो राख्यो न त फिलिपिन्स सरकारले नै बिगत ५ बर्ष देखि अनाधिकृत रूपमा नेपाल बस्दै आई रहेकी थिईन।यसरी अनाधिकृत रूपमा बसेको बिदेशी नागरीकलाई अरू कुनै देशमा भए प्रहरी हिरासतमा लिन्थे भने त्यहि अनुसारको कार्बाही गर्थे तर नेपाल सरकारले यिनलाई कार्बाही गर्नुका साटो ससम्मान फिलिपिन्स फर्कने माहौल सृजना गरी दिए। अर्को कुरा पनि स्मरण रहोस फिलिपिन्स नागरीकहरूलाई यस्ता प्रकृतिका मिलन बिछोडका कुरा साधरणै हुन्छ र साधरण रूपमा लिन्छन पनि।बिश्वका अधिकांश देशहरूमा फिलिपिनीहरू कार्यरत छन।यिनीहरूको सामाजिक संस्कारहरू नितान्त फरक प्रकृतिका छन।यिनीहरूका लागि बिबाह पूर्व बच्चा जन्माउनु पनि साधरण मान्दछन र बच्चा जन्मिए पछि बिबाह बन्धनमा बाधिन्छन पनि।प्रेम बिछोडमा हामी जति भावुक हुन्छौ भने यिनीहरूले यस्ता कुराहरूलाई सहजै पचाई दिन्छन।उनीहरू बिबाह बन्धनमा बाधिएर बच्चा जन्माएर श्रीमान संग सम्बन्ध बिच्छेद भए पछि सिंगल मदर भनेर एक आपसमा परिचय दिन्छन तर हामी नेपालीहरूलाई भने यो घटनाले अति नै भावुक बनायो किनकी हामी नेपाली हौ तर जोया यस अर्थमा खुशी थिईन की जीवन जस्तो बिबेक गुमाएका ब्यक्तिबाट छुटिएर सिंगल मदर बन्दै २ वटा नाबालक छोराहरू साथमा लिएर फिलिपिन्स फर्कदै थिईन। जोयाले त दु:ख पीडाबाट उन्मुक्ति पाईन तर हाम्रा नेपाली जोयाहरू मित्र राष्ट्र भारत देखि लिएर बिश्वका अधिकांश देशहरूमा बेचिएका छन भने बिदेशी नागरीकहरूसंग बिबाह बन्धनमा बाधिएर दु:ख र यातना झेल्दै कोहि मरेका छन भने कोहि चाहेर पनि जन्मभूमि नेपाल फर्कन पाएका छैनन।त्यस्ता कयौ नेपाली जोयाहरू न्याय नपाएर तड्पी रहेका छन।तिनीहरूका बारेमा पनि हामीहरूले यसै गरी चासो दिन सके कति राम्रो हुने थियो।बिभिन्न बाहनामा बिदेशीएका नेपाली चेलीहरूको दर्दनाक पीडाहरूका बारेमा थाहा पाए पनि हामी खासै चासो दिदैनौ र भन्छौ त्यसलाई बिदेश कसले जानु भनेको थियो र यदि बिदेशी नागरीक संग बिबाह भएमा नेपाली केटाहरू हुँदा हुँदै किन बिदेशी नागरीकसंग बिबाह गरी त भनेर ठीक्क भएछ भन्ने हामीहरू नै हौ। नेपाल भित्रकै कुरा गर्ने हो भने पनि अझै सम्म पनि लाखौ लाख नेपाली जोडीहरूसंग बिबाह दर्ता छैनन साथै जोया जस्तो लाखौ लाख नेपाली चेलीहरू पनि श्रीमानबाट पीडित छन।त्यस मध्यका एक ज्वलन्त उदाहरण हुन नेपालका प्रधानमन्त्री कमरेड प्रचण्डको पुत्र प्रकाश दाहालको धर्मपत्नी सृजना त्रिपाठी ।प्रचण्ड ] नेपाली संस्कार अनुसार बिबाह गरेता पनि न त यिनीसंग बिबाह दर्ता छ न त छोराको जन्म दर्तामा नै।यिनी पनि न्याय नपाएर तड्पी तड्पी बाचि रहेकी छिन त्यस कारण खै त हाम्रा नेपालका महिला अधिकार कर्मीहरूले यिनलाई न्याय दिलाई दिएको?जोयाको सम्बन्धमा त नेपाल र फिलिपिन्सको कुटनितिक छलफलबाट निष्कर्ष निकालेर नै जोयालाई फिलिपिन्स पठाएको हो।यसरी जोया फिलिपिन्स पुग्दा जोया र फिलिपिन्स एमबिसीले नेपाल र नेपालीलाई धन्यबाद दिई सकेका छन तर हाम्रै नेपाली जोयाहरू चाहि कुनैलाई खाडी मुलुकमा मृत्यूदण्ड दिएका छन भने कयौले यातना सहेर बाच्न बिबश छन तसर्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा मेरो बिनम्र अनुरोध हामीले हाम्रा नेपाली चेलीहरूको बारेमा पनि यसरी नै गम्भिर भएर लागि पर्ने हो भने ती नेपाली जोयाहरूले पनि न्याय पाउने थिएकी !!!!!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१