एक दिनको ४५ लाख नेपाली रुपैयाँ लाग्ने होटेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७१, बुधबार १२:३१

एजेन्सी – अमेरिकाको न्युयोर्क शहरमा रहेको टिवाई वार्नर पेन्टहाउस दक्षिण अमेरिकाकै सबैभन्दा महँगो होटलको रुपमा चिनिएको छ । सुनको बिस्ताराको कारणले समेत चर्चित यो होटलमा बस्न भने एक रातको ४५ हजार डलर अर्थात् ४५ लाख नेपाली रुपैयाँ लाग्ने बताइएको छ । ty-warner-penthouseसाथै यो मुल्यम कुनै छुट दिन पनि नमिल्ने उक्त होटलको भनाई छ । यो होटलको बिशेषता भनेको ७०० फिटको उचाईमा रहेका कोठाबाट म्यानहटन सुन्दर दृश्य नियाल्न सकिन्छ । साथै होटलमा बसुन्जेल ग्राहकलाई एकजना निजी सहायक अर्थात् पिए तथा शहर घुमाउन एकजना ड्राइभर समेत उपलब्ध हुनेछ । होटलको तान्नालाई २२ क्यारेटको सुनले बुनिएको समेत बताइएको छ । होटलमा रहेको एउटा बिस्तारको लागत मात्र करीब ६५ लाख रुपैयाँ परेको बताइएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१