बाढी पिडित द्वारा जिल्ला प्रशाासन कार्यालयमा धर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार १४:२७

सम्राट सिंह /
बझाङ ३ भदौ ।   तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्धनको माग गर्दै बाढि पिडितहरु धर्नामा बसेका हुन ।
बाढी पिडितहरुले सेती नदी र बाहुलीगाडमा तत्काल तटबन्धन गर्नुपर्ने र बाहुली गाडले बगाएको झोलुङ्गे पुल निर्माण गर्नु पर्ने माग राख्दै साउन ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पेश गरेको थियो ।
धर्ना बसिरहेको बेला प्रशासनका कर्मचारी कार्यालय भित्र प्रबेश गरेको भन्दै बाढि पिडित आक्रोसित हुँदा प्रहरी र बाढि पिडित बिच केही क्षण झडप भएको थियो ।
माग पुरा नभएपछि बाढी पिडितहरुले चरणबद्घ आन्दोलनका कार्यक्रम आयोजना गरेका छन ।
बाढीले २०४३ सालमा बनेको सदरमुकाम चैनपुर जोड्ने १ सय ५ मिटर लामो झोलुङगे पुल बगाएको छ । बर्षेनी बाढिले नदी वारीपारीका खेतीयोग्य जमिन बगाउने गरेको छ ।
राज्यले बर्षेनी २ करोड रकम सेती नदी र बाहुली गाडको तटबन्धनमा खर्च गरेतापनि प्रभावकारी अनुगमन नहुदा कामको प्रभाव देखिएको छैन ।
प्रत्येक बर्ष तटबन्धन गर्छन बाढी आएर जाली बगाएर लैजान्छ बाहुलीगाड बाढी क्षती न्यूनीकरण तथा सदरमुकाम बचाउ अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताए । ठेकदारले प्रभावकारी काम नगर्दा खोलाले तटबन्धन नै बगाएर क्षती गर्ने गरेको उनको भनाइ छ ।
बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरधुरी मा जोखिम रहेका छन ।
यता निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले तटबन्धनका लागि जिल्ला प्रशासन कार्यालय बाट पहल भइरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१