मृत्यु भएको लासले आँखा झिम्काउछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७१, बुधबार १२:२८

एजेन्सी – मृत्यु भएको ९४ बर्षपछी पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भनेको सुन्दा कसलाई अचम्म लाग्दैन र! यस्तै अचम्म भएको छ इटालीको सिसिली भन्ने ठाउँमा । सन् १९२० मा मृत्यु भएका दुई वर्षीया रोजालिया लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काएको पाइयो । उक्त लासलाई ‘स्लिपिङ ब्युटी’को नाम समेत दिइएको छ । sicilly-mummy_big-227x340एक इटालियन पत्रिकाका अनुसार सन् १९२० मा मरेका आठ हजार मानिसको चिहानलाई प्यालरमोमा ‘ममी’को रुपमा सुरक्षित राखिएको छ । त्यसै क्रममा लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काइरहेको पाइएको छ । समाचारका अनुसार इन्टरनेटमा यो समाचार फैलिएपछी मानिसहरु यो घटनाको बारेमा थाहा पाउन संसारभरबाट आईरहेका छन् । यध्यपी, चिहानका निरिक्षक ड्यारियो भन्छन् कि यो प्रकाशद्वारा उत्पादित एक अप्टिकल भ्रम मात्र हो । तर, यो घटनाको पर्दाफास त्यतिबेला भयो जब लोबरडोको लासलाई एक सिल गरिएको ग्लासको शव–पेटिकामा सारियो । शव–पेटिकाका निरिक्षक भन्छन् कि लासको आँखा पूरै बन्द नभएका कारण यस्तो अड्कलबाजी गरिएको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१