प्लेनमा जन्मिएकी बच्चीलाई जीवनभर सित्तैमा यात्रा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार ०६:५३

yuropकल्पना गर्नुहोस त, जीवनभर सित्तैमा प्लेनमा यात्रा गर्न पाए कस्तो होला! अकल्पनीय लाग्छ। आइतबार दुबईबाट फिलिपिन्सको मनिला उडिरहेको प्लेनमा यात्रा गरिरहेकी महिलाबाट जन्मिएको वच्चाले जीवनभर सित्तैमा यात्रा गर्न पाउनेछ।

बच्चा जन्मनुपर्ने समयमा भन्दा दुई महिना अघिनै प्लेनमा उनको बच्चा जन्मियो र आमा-बच्चालाई अस्पताल भर्ना गर्न पाइलटले सेबू प्यासिफिक एअरलाइनको प्लेनलाई इंडिया तर्फ मोडेर आकस्मिक अवतरण गराएका थिए।

सहयात्री मिसी बेरबेराबेका अनुसार सुरूमा मधुरो चित्कार सुनियो र त्यसपछि आकर्षक ढंगले भर्खरै जन्मिएको वच्चा रोएको सुनियो। बेरबेराबेको फेसबुकमा कम्बलले ढाकिएको बच्ची आमाको काखमा देखिन्छन्।

उक्त एयरलाइन्सले बच्चालाई दश लाख ‘गेट गो पोइन्टस’ दिएर पुरस्कृत गरेको छ। बेरबेराबेको फेसबुकमा लेखिएको छ –  संधै प्लेन यात्रा गरेर जीवन बिताउँछु भने पनि बच्चीलाई पुग्छ।

प्रतिक्रिया