क्यासिनो बन्द भएपछि पर्यटकको संख्या घट्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७१, बुधबार १२:१९

काठमाडौँ ,२५ असार । मुलुकमा क्यासिनो बन्द भएपछि यसको प्रत्यक्ष प्रभाव भारतीय पर्यटकमा परेको छ । क्यासिनो बन्द भएपछि नेपाल आउने भारतीय पर्यटक मकाउ, सिंगापुर र मलेसियातर्फ जान थालेका छन् । व्यवसायीका अनुसार हवाई मार्गबाट नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशत भारतीयहरु क्यासिनो जाने गर्दथे । Touristयसबाहेक पछिल्लो वर्ष दिल्ली काठमाडौँ लहवाई भाडा महँगो भएका कारण पनि भारतीय पर्यटक घटेको उनीहरु बताउँछन् । आजको कारोबार दैनिकले समाचार छापेको छ । भारतीइ पर्यटकको आगमनदर दुई वर्षयता लगातार घटिरहेको छ । नेपालमा क्यासिनो बन्द हुने क्रम सुरु भएलगत्तै उनीहरु तेस्रो मुलुकतिर सरेका हुन् । नेपालमा ३ वर्षदेखि क्यासिनो बन्द हुने क्रम सुरु भएको हो । मजदुर आन्दोलन र लगानी विवादले अधिकांश क्यासिनो समस्यामा पर्दै आएका थिए । पर्यटन बोर्डका अनुसार सन् २०१३ मा भारतीय पर्यटक आगमनदर १५ प्रतिशतले ओरालो लागेको छ । २०१२ मा १ लाख २६ हजार ४ सय ७२ भारतीय नेपाल आएकामा २०१३ मा घटेर १ लाख ३ हजार ३ सय ६८ पुगेको थियो । २०११ मा १ लाख ४५ हजार ३ सय ३८ भारतीय नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया