ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७३, बिहीबार ११:२७

पेटदुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन् ।

ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ ।
सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्
ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।
खाना अघि सुप खाने
हामीले बिहान र बेलुका खाना ९दाल, भात, तरकारी० खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।
खुर्सानी खानुहोस्
खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।
ग्रीन टी पिउनुहोस्
धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ ।
तनाव नियन्त्रण
तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।
मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१