कोठामै पुगेर युवकले गरे खुकुरी प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७३, बुधबार १९:०३

khukuriपोखरा । पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन्। बुधबार दिउँसो मृतक युवतीको कोठामै पुगेर युवकले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

युवतीको हत्यापछि युवक आफूले पनि विष सेवन गरेको प्रहरीेले जानकारी दिएको छ । युवकलाई उपचार गर्न लगिएको छ भने युवतीको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार उनीहरु पूर्व पतिपत्नी हुन् । उनीहरुको केही महिना अगाडि पारपाचुके भएको थियो। युवती भाडामा बस्दै आएको कोठामा आएका युवकले कोठा बाहिर ल्याएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । युवती कराए पछि स्थानीय घटनास्थल पुगेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१