बाजुराका बिभिन्न शक्ति पिठमा आज एक साथ पुजा हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७३, बुधबार १३:०५

बिहानै देखी मन्दिरमा लाइन
लक्ष्मीराज पाध्याय/ बाजुरा १ भदौ । आज बाजुरा जिल्लाका धार्मिक पिठहरुमा एकै साथ पुजाआजा गरिदै छ । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल कोल्टी गाबिसको बुढिनन्दा, कैलाशमाण्डौको बडिमालिका र नाटेश्वरी, जुकोटको स्वामीकार्तिक आटिचौर गाबिसको बडालेख लगाएतका धार्मीक पिठमा साउन पुर्णिमाको अघिल्लो दिन एकै दिन पुजाआजा हुने भएकोले श्रदालुभक्तजन त्यस ठाउतिर ३ दिन अघि देखी प्रश्थान भइसकेका छन । धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु प्राकृतीक सौन्दरताले हराभरा मुख्य पर्यटकका आर्कषक हुन । बाजुराको बुढिनन्दामा धामीक आस्था संगै सुन्दरताले भरीपुर्ण रही आएको छ ।बुढिनन्नदा थपनको संगै चट्टानै चट्टानको बिचमा ठुलो ताल छ यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनी छन । मुख्य तालको उचाइ ४ हजार ५सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल हो प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्व पाएकोे सुदुर पश्चिमको बाजुरा स्थित बढीमालिका र बुढिनन्नदा माईको दर्शनका लागी तीर्थ यात्रा ३० गते देखी सुरु भएको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका र बुढिनन्दा मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ । सोही दिन जिल्लामा चर्चित बुढीनन्दा मन्दिरमा पनि शिषेश पुजाआजाको महत्व दिने गरिएको छ । बुधबार हुने पुजामेलाका लागि अहिले जिल्ला र बाहिरबाट हजारौँको सँख्यामा तिर्थालुह्ररु सो स्थानतिर लागि सकेका छन । धार्मिक आस्थाको धरोहर मानिने बुढिनन्दा । बढीमालिका पुजाका लागि जिल्लाबाट पुजारी सहित सरकारी तथा अन्य सर्वसाधारण र छिमेकी जिल्लाहरु अछाम, बझाङ्ग, डोटी, हुम्ला, जुम्ला र कालिकोटबाट समेत जिल्ला प्रशासन कार्यालयको सरकारी पुजा टोली यसक्षेत्र तर्फ प्रस्थान गरेको छ । तामझामका साथ प्रस्थान गरेको सवै टोली मंगलबार त्रयोदशीका दिन मालिको त्रिवेणीमा सवैको जमघट हूने बढीमालिका मन्दिर व्यवस्थापक तथा पुजारी भानुभक्त पाध्यायले बताउँनुभयो । ब्रह्म हत्या, सुरापान, चोरी एक सुवर्णस्तेए जस्ता पापमा लिप्त मानिसहरु बढीमालिका मन्दिर पुजा र बुढीजनन्दा तालमा गएर नुहायो भने पवित्र हुने धार्मिक विश्वास रहि आएको छ । यस्तै साङ्ख्य योगको ज्ञान र अन्यपुर्ण कार्यवाट सम्वभ नहुने यसठाउ‘बाट सम्भव भएको पौराणीक कथन छ । बुढिनन्दा पाटनमा तिर्थालु भक्तजन हिड्दै
कर्णाली अञ्चलमा पर्ने छिमेकी कालिकोट, मुगु र जुम्ला काठमाण्डौं लगाएत देशका विभिन्न स्थानबाट समेत दर्जनौ तिर्थालु टोलीहरु मालिका मन्दिरमा पुजाआजा र रमणिय दृष्य अवलोकनका लागि प्रस्थान गरेको थाहा भएको छ ।
यहा“ पुगेर पुजाआजा गरेपछि इच्छाएको वरदान प्राप्त हुने विश्वास रहि आएकाले दर्शन गर्न आउने भक्तजनहरुको संख्या वर्षेनि बडिरहेको पुजारीले बताउ“नुभयो ।
स्कन्दपुराणमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले सत्यदेवीको मृत शरिरलाई बोकेर पद यात्रा गर्दै जाने क्रममा मल्लागीरी पर्वतमा सत्यदेवीको बाया“ अङ्ग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पत्ति भएकाले बडीमालिका, बुढीनन्दा र कालाजग्रा ताल एक प्रमुख शक्ति पीठको रुपमा स्थापित भएका छन ।
प्राकृतिक सुन्दरताका दृष्टिले समेत यी क्षेत्रकोे महत्व उच्च छ । यस क्षेत्रको अवलोकन गर्ने उद्धेश्यले समेत आन्तरीक पर्यटकहरु यसै बेला यस क्षेत्रमा पुग्ने गर्दछन् । बढीमालिकाको त्रिवेणी र खेतीवेती, बुढीनन्दाको चढिदह र बुढीनन्दा ताल मुख्य आर्कषक स्थलहरु हुन । हाल सम्मको अध्ययन भ्रमणबाट जानकारी भएअनुसार ‘१४ हजार फिट बढी उचाईमा रहेको यस भूमिमा पुगेपछि त्यहा“को प्राकृतिक रमणीयताले त्यहा“ पुग्दाको दुःख सबै त्यसै हराउ“छ’ पाण्डुसैनका स्थानीय टेक बहादुर सिंहले बताउँनुभयो ।
जिल्ला विकास समितिले बडीमालिका, बुढीनन्दा, छेडेदह र कालाजग्रा गुफा ताल क्षेत्रलाई जिल्लाको मुख्य पर्यटन गन्तव्य निर्धारण गरेको छ । तर यहा“ आवश्यक पुर्वाधारहरु निर्माणमा भने ध्यान नदिइएको गुनासो यहा“का बासिन्दाले दोहोर्याउ“दै आएका छन् ।
त्यति अग्लो ठाउँमा रहेको यस क्षेत्रमा पुग्दा उकालोमा हिँड्दाको दुइ दिनका थकाइ एकै क्षण हराए जाने गरेको यस अघि सो क्षेत्रमा पुगीसकेका तिर्थालुहरु बताउँछन दर्जनौ समथर हरिया फाँटहरु, अनि त्येसमाथी फुलेका सत्तरङ्गी फुलहरुका साथै यस क्षेत्रमा सेताम्मे भेडाका बथानहरु, डा“फे, कस्तुरी र मुनालले सवैको मनप्रफुल्ल  हुने गर्दछन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१