नेविसंघको चुनाव आज,विद्युतिय मतदान हुने भएकाले दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७३, बुधबार १०:४४

काठमाडौं ।  उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
उद्घाटन भएको डेढ सातासम्म पनि मिल्लन नसकेको प्रतिनिधि विवाद सहमतिमा सुल्झिएपछि निर्वाचन हुने भएको हो ।अध्यक्षमा  उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ ।

बिहान ७ बजेदेखि साझँ ७ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्वाचन आयोजले सार्वजनिक गरेको भएपनि ८ बजेपछि मात्र मतदान सुरू भएको हो ।

मतदान सकिएसँगै मतगणना सुरु हुने भएको छ । विद्युतिय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समतिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१