बेलायती राजकुमारी डायना नेपाल भ्रमणमा अाउँदा उनकाे साथमा थियाे टोय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७३, मंगलवार ०७:१३

बेलायती राजकुमारी डायनाको एउटा अजिवको शोख थियो( विदेश भ्रमणमा जाँदा सेक्स टोयसँगै लाने । यो कुराको खुलासा डायनाको पूर्व शाही सुरक्षा अधिकारी केन वार्फेले गरेका हुन् ।

केनले डायना बारे गरेको यस्तो खुलासाले बकिंघम प्यालेस आश्चर्यमा परेको छ । उनको अनुसार सन् १९९२ नोभेम्बरमा जब डायना फ्रान्स गएकी थिइन् त्यहीबेला उनले उक्त टोय खरीद गरेकी थिइन् । त्यो टोय भाइब्रेटर रहेको पनि उनले बताएका छन् ।
केनले दाबी गरे अनुसार डायनाले उक्त सेक्स टोय खरिद गरेपछि हरेक विदेशी भ्रमणलाई साथै लिएर जान्थिन् । उनले त्यसलाई ुलक्की चार्मु के रुपमा लिने गरेकी थिइन् ।

केनका अनुसार डायना नेपाल भ्रमणमा आउँदा उक्त टोय बेलायतको दरबारमा नै छुटेको थियो । ुनेपाल झरेपछि उनले मलाई त्यो ग्याजेट ९सेक्स टोयलाई दिइएको नाम० छ हैन भनेर सोधिन्,ु उनले लेखेका छन्, ुमैले दरबारमा नै छुटेको बताएपछि, त्यो साथमा नभए केही ठिक नहुने बताउँदै त्यसलाई झिकाइ हाल्न भनेकी थिइन् ।ु

त्यसपछि उक्त टोय बेलायती दूतावासको नाममा सिलबन्दी भएर डिप्लेम्याटीक ब्यागमा आयो । त्यसपछि त्यो के हो भन्ने पत्तो नपाएका तत्कालिन शाही सेनाका अधिकारीले उक्त ब्याग चाँदीका किस्तीमा राखेर डायनाको अगाडि पेश गरेका थिए । नेपालका राजाका साथ बेलायती दूतावासमा आयोजित पत्रकार भेटघाटमा व्यस्त डायनाका अंगरक्षकले त्यसलाई खोलेर हेरेका थिए ।

त्यसपछि अक्कबक्क परेका अंगरक्षकलाई डायनाले राजाको अगाडि मुस्कुराउँदै त्यो आफ्नो लागि भएका बताएपछि उनले हत्तपत्त गोजी भित्र हालेका थिए ।

केनले यो सबै कुराको खुलासा आफ्नो किताब ‘डायनास् अ क्लोजली गार्डेड सिक्रेट’ मा उल्लेख गरेका छन् । यसमा उनले लेखेका छन्( जुन दिन यो टोय खरिद गरिएको थियो त्यसको अर्को दिन बिहान केनले नै उक्त टोयलाई डायना के ह्यान्डब्यागमा लुकाएर राखिदिन लेडी सारालाई राजी गराएका थिए । फ्रान्सका तत्कालिन राष्ट्रपति ज्याक सिराकसँगको भेटको बेला उनले ब्यागमा उक्त टोय भेटे यता त्यसलाई लक्की चार्म मान्न थालेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१