डिल्लीराज घिमिरे-सुमन । अर्घाखाँची विश्व मैं जलस्रोतमा धनी मानिने राष्ट्र नेपालको आज जनशकती वाहेक कुनै वस्तु निर्यात गर्न सकेको अवस्था छैन । रातदिन नेपाली राजनितीक नेतालाई गाली गरेर नथाकने नेपालको वैदिक पक्ष यस मामिलामा भने मौन जस्तै छ । आज संसार परिवेशमा एक्काईसौ सताव्दीमा पुगेको भएता पनी नेपाल जस्तो राष्ट्र वैचारिक रुप र मानसिक रुपमा परिवर्तन हुन सकेको पाईदैन । नेपालीहरु वेलायती सैनिक ,हंककंग सैनिक,सिंगापुर पुलिस,भारतिय सैनिकमा रही पहिलो र दोस्रो विश्व युद्ध भन्दा पहिलेको समय देखी नै विदेशमा नोकरी गर्न सुरु गरेको पाईन्छ । आज नेपाली विश्वको धेरै भन्दा धेरै देशमा उपल्ला भन्दा वढी तल्लो तहको नोकरी गर्न पुगेको छ । भारतको मन्त्रालय देखी घरघरमा नेपाली वहादुर नोकरी गरेको पाईन्छ । आज विश्वले नेपालीलाई हेर्न्े मानसिकता नै भिन्न र तल्लो स्तरको रहनुमा नेपालीको वानी सयंम दोषी छ । यों समयमा दक्ष,अर्धदक्ष र अदक्ष कामदारको रुपमा नेपाली विदेशमा वस्नु परम्परा नै वनी सकेको छ । देशमा वेरोजगार हुदा वैदेशीक रोज़गारको वाटो अवलम्वन गरेको धेरै शिक्षित युवा वर्ग देखी नै सुन्न पाईन्छ । नेपालमा उपलब्ध स्रोत र साधनको सहि सर्वेक्षण गर्न र आर्षिक क्रान्तिकारी वाटोमा राष्ट्रको प्रशासन सक्रिय हुन नसक्दा नेपालीहरु डिग्री हासिल गरी राजनैतिक संगठनको झण्डा अथवा विदेशीको ग़ुलामी वन्न वाध्य छन । हुन त नेपाली राजनेतालाई पटक पटक अपशव्द प्रयोग गर्ने हामी नेपाली आफ्नो राष्ट्रको हितमा के नै गरेका छौ र ? आज नेपालमा यों भएन र त्यो भएन भन्दै विदेशको कोठावाट गालीगलैचले भरीपुर्ण शव्द छाड्नु वाहेक के नै गरेको छ । जनतन नेपालमा ६० दिने छुट्टीमा नेपाल पुग्ने तपाईहामी आफ्नो घरदेखी गाविस भवन र स्कूल सम्म पुग्न सकेका छैनौ भने देशमा खटेका नेतृत्वपंतीमा आरोप मात्र लगाउने काम सायद राम्रो पक्ष हैन । तपाईहामी पहिला त नेपालमा रहन सक्ने मानसिकता तयार गरौँ अनि राष्ट्रीय समस्याको भित्रवाट अगाल्नु अनि मात्र यस विषयमा वहस गर्नु उपयुक्त होला । वास्तवमा नेपालको कुल भुभागको ६७% भाग आगामी केही वर्षमै रिक्त हुने ख़तरनाक अवस्थामा रहेको छ । शैक्षिक स्तर होस वाँ आर्थिक स्तर होस कुनै पनी एक पक्षमा सवल हुनसाथ शहर र विदेशमा वसाईसराई गर्ने रितीरिवाज नै वनेकोछ । आजको समयमा हिमाल र पहाडको कयौ भागमा यातायात लगायतको विकास भई सक्दा पनी तराईमा वसाई सराई गर्नेको लहर रोकिएको छैन । यों एउटा ख़तरनाक जटिल समस्या हो भनेँ अर्कों तरफ़ आफ्नै देशमा प्रशस्त स्रोत र साधन हुदाहुदै हामी जस्ता युवा विदेशी रक़म कमाउने रहरमा आफ्नो ज्यान खतरामा राखी वेचीरहेका छौ । आज ईराक़मा रहने नेपाली सुरक्षात्मक दृष्टिकोण उच्च खतरामा रहेका छन । यस्तै क़तार,दुवई,मलेसीया लगायतको देशमा दैनिक जस्तो एक नेपालीलाई ज्यान गुमाउनु परेको छ । हामी विदेशमा सुरक्षित रहदै पैसा कमाउने हुदा नेपाल सरकार,सामाजिक संघसस्थ,परिवारका सदस्य सवैले मन पराएका हुन्छन जव विपत आई पर्छ यी सवैले एक एक गरी विर्सीएका हुन्छन । यस्तै उदाहरण केही समय पहिला कतारमा नेपाली राजदूतले दिएको अभिव्यक्ति हो अथवा ईराकमा मारीएका १२ नेपालको अवस्था हो । विदेशमा रहेका कम्पनी पनी जव सम्म कामदार स्वस्थ रहन्छ र कम्पनीको दायरामा रही १२ देखी २२ घण्टा ग़ुलामी गर्छ तव सम्म माया गर्दछन । जुन दिन नेपाली कामदारले श्रमिक सेवा सुविधा माग्न सुरु गर्दछ तव कम्पनीले विभिन्न वहाना वनाई पर पर सार्न सुरु गर्दछ । आज विदेशमा नेपालीको श्रम मुल्य र इज़्ज़त अत्यान्तै न्युन छ । नेपालीलाई विश्वमा व्यावसायी हैन कामदार कै रुपमा तल्लो तहमा हेर्न्े गरेको पाईन्छ यसको कारण नेपाली आफै संयम हो । किनकी नेपाली आफुलाईँ कमज़ोर दिखाइए वस्न चाहदैन विदेशी दैनीक पचास रुपैया कमाउने व्यावसायी वन्न तयार हुन्छ तर नेपाली दैनिक पाँचसय कमाउने नोकर नै वन्न रुचाउछ । नेपाली कामदारले नेपाली व्यावसायीलाई तल्लो स्तरमा देखेको हुन्छ । पाँच वर्षमै पचासको मालिक पाँच हजारमा पुग्छ भने पाँच हजारको नेपाली कामदार छ सय कमाउने कामदार रहन्छ । हामी नेपालीले विदेशमा कमाएको रक़म तराईमा घरजग्गा ख़रीद गरी पुनः विदेशमा पुग्छौ तर सानो लगानीमा व्यावसाय गरौ भन्ने मानसिकता वनाउन नसक्नु पनी नेपाली विदेशमा पीड़ित जिवनको एक कारण हो । यों काम सानो र त्यों काम ठुलो हो भनी कामको विभाजन गर्नु र सधैआफुलाइ ठुलो हु भनि विदेशी मदिरा र विलाशीता जिवनमा फस्नु पनी अर्कों ठुलो कारण हो । आज नेपाल भुमी छाडी विदेशमा व्यावसाय गर्ने हरेक नेपाली महान हुन जसले नेपाली विदेशमा नोकर मात्र हैन व्यावसाय समेत गर्न सक्छ भन्ने उदाहरण विश्व परिवेशमा पुराउदै छन । आज आफुले नेपालमा आर्जन गरेको शिक्षा,विदेशमा आर्जन गरेको शिक्षा र आफ्नो मेहनेत नेपालको पहाड़ र हिमालमा लगाउने हिक्मत गर्न जरुरी छ । अवका दिनमा हरेक नेपालीले विश्व सामु वहादुर र नोकर हैन कुसल व्यावसायिको रुपमा परिचय गराउन व्यावसायि क्रान्ति ल्याउन जरुरी छ । जसरी आज कड़ा मेहनेत र लगनसीलताको आधारमै चिनले विश्व वजार ओगट्को छ यसरी नेपाली पनी नेपालमा यसरी लागेमा नहुने केही छैन । अर्काको ढाह र रिसमा लाग्ने हामी नेपाली अव एकहुन सकेको छैन यस प्रवृत्तिलाई परिवर्तन गरी सामुहिक र एकल लगानीमा व्यावसाय सुरु गर्नु नै सवै भन्दा राम्रो विकल्प हो । ( लेखक : अन्तराष्ट्रीय अर्घाखाची सम्पर्क मन्चका महासचिव हुन ।)
प्रतिक्रिया