निजामती सेवामा लाग्न सचिवद्वारा बझाङका विद्यार्थीलाई उत्पेरणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७१, सोमबार १३:१८

सम्राट सिंह बझाड २३ असार । सामान्य प्रशासन मन्त्रालयका सह सचिव बाबुराम अधिकारीले बझाङ जिल्लाका विद्यार्थीहरुलाई निजामती सेवामा लागेर आफ्नो प्रतिष्ठा बनाउन उत्पे्ररणा दिएका छन ।

आइतबार बझाङ सदरमुकाम चैनपुरमा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश अभिप्रेरणा साझेदारी कार्यक्रम मा सह सचिव अधिकारीले विद्यार्थीहरुलाई लोक सेवाको तयारी गरेर निजामती सेवामा प्रवेश गर्न सुझाव दिएका थिए । अन्र्तक्रिया कार्यक्रममा सह सचिव अधिकारीले विद्यार्थीहरुलाई निजामती सेवा र यसका बिशेषता,ऐतिहासिक पृष्ठभुमी, दरखास्त दिने समय तालिका दरखास्त संकलन गर्ने केन्द्रहरु,उम्मेदवार हुनका लागि योग्यता र लोक सेवा आयोगका बारेमा जानकारी दिएका थिए । दुर्गम हिमाली जिल्ला बझाङबाट निजामती सेवामा न्युन सहभागिता रहेकाले आगामी दिनमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई निजामती सेवाप्रति आधर्कषण गराउन अन्र्तक्रिाया कार्यक्रम गरेको सहसचिव अधिकारी जानकारी दिए । विद्यार्थीसँग अन्र्तक्रिया कार्यक्रममा जिल्लाका मावि, उमावि, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माले बझाङ जिल्लाका युवायुवतीले पनि लोकसेवामा राम्रो तयारी गरेमा निजामती सेवामा प्रवेश गर्न सक्ने ठुलो सम्भावना रहेको बताए । आफ्नो पहूँचमा नभएको भन्दै विद्यार्थीले अध्ययन पनि नगर्ने गरेको उहाँको भनाई छ । सह सचिब बाबुराम अधिकारी संग सामान्य मन्त्रालयका उपसचिब टेक नारायण पौडेल सहित दुइजना शाखा अधिकृत गरी ४ जनाको टोली बझाङ आएको थियो । अन्र्तक्रिया कार्यक्रममा सहभागी धमेना गाविसकी विद्यार्थी पार्वर्ती ऐडीले यस्तो कार्यक्रवाट हामीजस्ता दुर्गमका विद्यार्थीहरु लाई धेरै हौसला मिलेको वताईन् । सामान्य मन्त्रालयको टोलीले आजै कार्यालय प्रमुखहरुसँग निजामती कर्मचारीले भोग्नु परेका समस्याका, से्वाको प्रभावकारिता र शुसासनको बारेमा अन्र्तक्रिया गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । टोलीले जिल्ला वन , हुलाक कार्यालय पशुसेवा कार्यालय र कृषि विकास कार्यालयमा अनुगमन तथा निरिक्षण गरेको थियो ।

प्रतिक्रिया