गीत सुनाउन पर्खाल नाघेर अमिताभको घरमा छिरे एक फ्यान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७३, बुधबार ०७:२७

यी सेलिब्रेटी पनि बने ‘पागल’ फ्यानको शिकार

amitabh-bachchan_14700472
मुम्बई – बलिउड सुपर स्टारको अमिताभ बच्चनको घरमा एक फ्यान पर्खाल नाघेर छिरेका छन् । बिहार घर भएका २५ वर्षीय बनवारी लाल यादव आइतबार दिउँसो १ देखि २ बजेको बीचमा अमिताभको घरमा छिरेको प्रहरीले बताएको छ ।
सुरक्षा गार्डलाई समेत छक्याएर घरभित्र छिरेका ति व्यक्तिलाई जुहु प्रहरीले पक्राउ गरेको थियो । उनी घरभित्र छिर्दा अमिताभ घरमा नै थिए ।
मिडिया रिपोर्टका अनुसार बनवरी एक गायक हुन् र अमिताभलाई गीत सुनाउन चाहन्थे । उनलाई जमानतमा रिहा गरिएको प्रहरीले बताएको छ ।
यसरी ‘पागल’ फ्यानहरुको शिकार बन्ने अमिताभ एक्ला बलिउड सेलिब्रिटी भने होइनन् । यसअघि थुप्रे सेलिब्रिटी यस्ता घटनाको शिकार बनिसकेका छन् ।
१. सुस्मिता सेन

_c7c61260-588c-11e6-8ec9-11a86e94b7e9
शुरुमा पत्र मात्र पठाउने एक फ्यानले पूर्व मिस युनिभर्स सुस्मितालाई एक पटक विवाहको कपडासमेत पठाउँदै आफूसँग विवाह गर्न वा मर्न तयार हुन धम्की दिएका थिए ।
२. कट्रिना कैफ

_c958668c-588c-11e6-8ec9-11a86e94b7e9
सन् २००९ ताका एक व्यक्तिले कट्रिनालाई पछ्याउने गरेका थिए । एक पटक ति व्यक्ति घरको अगाडीसम्म पुगेका थिए ।
३. जोन अब्राहिम

_c9d7fed8-588c-11e6-8ec9-11a86e94b7e9
सन् २००८ मा दोस्ताना चलचित्रपछि जोन अब्राहिम ‘गे आइकन’ बनेका थिए । तर, एक पुरुष फ्यानले भने हद पार गरे । उनले जोन र उनको परिवारलाई पटक–पटक फोन गरेर दुःख दिन्थे । पछि जोनले उनीविरुद्ध मुद्दा नै दर्ता गर्नुपरेको थियो ।
४. श्रुती हसन

_ca6b6ccc-588c-11e6-8ec9-11a86e94b7e9
यस मामिलामा सबैभन्दा दुःख पाएकी नायिका श्रुती नै हुन् । एक पटक एक व्यक्ति उनको घरमा छिरेर उनको घाँटी पक्रेर शारीरिक यातना दिएका थिए । पछि ती व्यक्ति उनकै चलचित्रको स्पट ब्वाई रहेको खुलेको थियो ।
५. दिया मिर्जा

_cb738a82-588c-11e6-8ec9-11a86e94b7e9
एक व्यक्ति डाक्टर बनेर दियाको घरमा छिर्ने प्रयास गरेका थिए । तर, दियाले उनलाई छिर्न दिएनन् । पछि त्यही व्यक्ति फूल र इन्गेजमेन्टको औंँठी बोकेर घर पुगेका थिए । उनले प्रहरी नै बोलाउनु परेको थियो ।
६. मिनिसा लाम्बा

_c8cfb242-588c-11e6-8ec9-11a86e94b7e9
मिनसा लाम्बालाई एक व्यक्तिले पटक पटक अश्लिल म्यासेज पठाउने गरेका थिए । पछि, ती व्यक्तिमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाएको थियो ।
७. अक्षय कुमार

_cae9a538-588c-11e6-8ec9-11a86e94b7e9
सन् २००९ मा लखनाउबाट एक नाबालिग केटी घरबाट भागेर अक्षयको घरसम्म पुगिन् । अक्षयलाई भेट्न गार्डले नदिएपछि उनले आफ्नो हात काटिन् । अक्षयले तिनलाई अस्पताल लगेका थिए ।
८. शाहिद कपुर

_c84bed68-588c-11e6-8ec9-11a86e94b7e9
शाहिदलाई भने अर्का नायक राजकुमारकी छोरी वास्तविकता पण्डित दुःख दिएकी थिइन् । उनले शाहिदको नजिकै फ्ल्याट पनि किनन् । एक पटक वास्तविकताले शाहिद आफ्नो पति समेत भएको दाबी गरिन् । शाहिदले प्रहरीमा मुद्दा दायर गरेपछि उनलाई मानसिक रोग भएको बताइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१