अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण दुई सातामा १ सय २ जनाको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७३, मंगलवार ०७:१६

पहिरोकाठमाडौं,१८ साउन  । सरकारले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण दुई सातामा १ सय २ जनाको ज्यान गएको बताएको छ ।

व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री भीम रावलले बाढी पहिरोका कारण साउन १ गतेयता ४३ जिल्लामा १ सय २ जनाको मृत्यु भएको, २२ जना वेपत्ता भएको र ५८ जना घाइते भएको जानकारी गराए । उनका अनुसार प्युठानमा ३१, गुल्मीमा ७, वाग्लुङमा ६, पाल्पा र रोल्पामा ४÷४, मकवानपुरमा ३ तथा दाङमा २ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोका कारण घरमा क्षति पुग्दा सयौं परिवार विस्थापित भएका छन् । प्युठानमा १ सय ७ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने २ सय ५७ परिवार विस्थापित भएका छन् ।
गुल्मीमा ३५ घरमा क्षति पुगेको छ भने १ सय २० घर पहिरोको जोखिममा छन् ।
गृहमन्त्री रावलले वाग्लुङमा १ सय ८ घरमा पूर्ण क्षति पुगेको तथा रोल्पामा १ सय २० घरपरिवार विस्थापित भएको जानकारी दिंदै बाढी पहिरो प्रभावितहरुको राहत र उद्दारका लागि स्थानीय प्रशासनलाई बजेटसहित आवश्यक निर्देशन दिएको बताए ।

अविरल वर्षाका कारण आएको बाढीले कपिलवस्तुमा ५ वटा नगरपालिका र १५ वटा गाविस डुबानमा पर्दा ३ हजार २ सय परिवार प्रभावित भएका छन् ।
गृहमन्त्री रावलले डुबानका कारण झापामा ४ सय ७४ तथा सुनसरीमा ५ सय ३१ घर परिवार प्रभावित भएको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१