न्यूयोर्क पोष्टमा डोनाल्ड पत्नीका नग्न तस्वीर प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार १५:१६
Donald-and-Melania-Trump

डोनाल्ड ट्रम्प र मेलानिया । तस्वीर: गेट्टी इमेज

१७ साउन, काठमाडौं । न्यूयोर्क शहरको एक पत्रिकाले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पकी पत्नीको नग्न तस्वीर प्रकाशित गरेपछि विवाद बढेको छ ।

ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । उनकी पत्नी मेलानिया ट्रम्प एक समयकी चर्चित मोडल हुन् ।

मेलानिया मोडलिङ पेशामै रहेको बेला खिचाइएका नग्न तस्वीरहरु न्यूयोर्क पोष्ट पत्रिकाले प्रकाशित गरेको हो । सन् १९९० ताका खिचिएका तस्वीरहरु पत्रिकाको पहिलो पृष्ठमै प्रकाशित छन् ।

Melania-Trump-Nude

‘एक्सक्लुसिभ’ भनेर छापिएका मेलानियाका नग्न तस्वीरको तल लेखिएको छ, ‘सम्भावित प्रथम महिलालाई तपाईंले यो अवस्थामा पहिले देख्नु भएको थिएन होला । केही तस्वीरहरु यसअघि देखे पनि यी कहिल्यै प्रकाशित भएका थिएनन् ।’

मेलानियाका ती तस्वीरहरु सन् १९९५ मा फ्रान्सको एक पत्रिकाका लागि म्यानहटनमा खिचिएको थियो । पुरुषहरुलाई लक्षित गरी प्रकाशित हुने उक्त पत्रिका हाल बन्द भइसकेको छ । फ्रान्सका फोटोग्राफर एले दे बासेविलेले मेलानियाका नग्न तस्वीर खिचेका थिए ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१