ताइवानमा अवस्थित फ्लाइट किचन भएको रेष्टुरेन्ट :
ताइवानमा अवस्थित यो रेष्टुरेन्टमा फ्लाइट किचेनको व्यवस्था छ । यस रेष्टुरेन्ट भित्रको डिजाइन ठ्क्याक्कै प्लेन जस्तै प्रकारको रहेको छ । रेष्टुरेन्टमा अवस्थित सेवाग्राहीहरुलाई प्लेनमा उडेजस्तै अनुभव दिलाउँदै खुवाउने व्यवस्था यहाँको मुख्य विशेषता हो । ह्वीलको माध्यमबाट सवैको टेवुलमा खाना पुर्याउने व्यवस्था समेत छ ।
फर्टिजा मेडिसिया रेष्टुरेन्ट :
इटलीमा अवस्थित यो एक अनौठो प्रकारको रेष्टुरेन्ट हो । यसले एक प्रकारको जेलको झल्को दिने गर्दछ । तर अनौठो कुरा यस रेष्टुरेन्टमा डिनर गर्नका लागि मानिसहरु २ महिना देखि कुरेर बस्ने गर्दछन् । अर्को कुरा प्रत्येक डिनरको लागि त्यहाँको न्यायलयले फैसला गर्नु पर्दछ ।
मोर्डन ट्वाइलेट रेष्टुरेन्ट:
ताइवानमा अवस्थित मोर्डन ट्वाइलेट रेष्टुरेन्ट असाध्यै सफल र प्रसिद्ध रेष्टुरेन्ट हो । अहिले यसका ब्रान्चहरु ताइवानभरी फैलिएका छन् । यहाँका खाना खानका लागि राखिएका प्रत्येक टेवलहरु ट्वाइलेट आकारका छन् ।
क्लिनिक रेष्टुरेन्ट:
सिंगापुरमा अवस्थित यो रेष्टुरेन्ट ठ्याक्कै हस्पिटल प्रकारको छ । रेष्टुरेन्टका कोठाहरु हस्पिटलकै कोठा आकारका रहेका छन् । खाना खानका लागि सिल्भर कलरका ह्वील चेयर र मेटलका हस्पिटल बेडहरु को व्यवस्था गरिएको छ ।
क्रिष्चियन क्याफे:
टोकियोमा अवस्थि यो रेष्टुरेण्टका भित्तामा जिसस क्राइष्टको मुर्ति राखिएको छ । झ्याल ढोकाहरु सिसाले बनाइएका छन् । अर्गानिक क्युजिकको धुन सुन्दै खाना खान पाईने यो रेष्टुरेन्ट अत्यन्तै आकषक र सुन्दर ढंगले निर्मित छ ।
निको जालाला रेष्टुरेन्ट:
टोकियोका ससाना अपर्टमेन्टहरुमा घरपालुवा जन्तु जनावरहरुलाई निषेधित गरिन्छ तर पछिल्लो समय घरपालुवा जन्तु जानावरहरुसँग रमाउने ग्राहकहरुका लागि टोकियो भरी विरालो राखिएका रेष्टुरेन्टहरु खुलेका छन् । ग्राहकहरु विरालोसँग मनोरन्जन लिँदै यी रेन्टुरेन्टमा चिया, कफी लगायतका अन्य खानेकुराहरु खाने गर्दछन् ।साभार खबर डबली
प्रतिक्रिया