न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यसप्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पुराइदिनेछ ।
भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।
शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।
शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।
उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।
शोधकर्ताको यो कल्पना तथा अनुमान पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया