एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार ०७:५३

काठमाडौं।बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलार्इ सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।म्पसे

मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन् । उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ । विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१