लागुऔषध ओसारपसार गर्ने प्रवृति मौलाउँदै, ग्यास सिलिन्डरमा पनि लागूऔषध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७३, शनिबार ०९:११

काठमाडौँ १५ साउन  ।

LPG_Gas_cylindersफरक शैलीबाट लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति मौलाएको छ । भारतको रक्सौल हुँदै हेटौंडा भएर देशभर फैलाइने लागूऔषध ओसारपसार गर्नेले फरक शैली अपनाउँदै आएको भेटिएको हो ।

हेटौंडा-१७, लच्कामा शुक्रबार प्रहरीले ग्यास सिलिन्डरभित्र लागूऔषध राखेर जाँदै गर्दा अभियुक्तलाई पक्राउ गरेको छ । पाँच केजीको ग्यास सिलिन्डरको पिंध काटेर काठमाडौं लैजाने प्रयास गर्दा ९ सय एम्पुल डाइजेपाम र फिनार्गन बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले बताइन् ।

लच्कामा चेकिङ गर्ने क्रममा ना १ ज २८९३ नम्बरको सुमो रिजर्भ गरेर ल्याइएको अवस्थामा ग्यास सिलिन्डरभित्र लागूऔषध फेला परेको हो । लागू औषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले बताइन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१