टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचसँग गरिन विवाह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७३, शुक्रबार १७:११

jodइभनिन्छ, मानिसको जोडी भगवानले बनाइदिएका हुन्छन् । विशेषगरी मानिसहरु आफूसँग विवाह गर्न उस्तै पारिवारिक स्थिती, उमेर समूह, पढाइलगायतका कुरा हेर्ने गर्दछन् । तर कुनै जोडी यस्ता पनि हुने गर्दछन् जसलाई यी कुराहरुको केही मतलब लाग्दैन । कुनै विवाह निकै अचम्मका पनि हुन्छन् । आज हामी तपाईंलाई यस्तै अचम्मको विवाहबारे बताउँदैछौं ।

grandmother-8_1468662806टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचसँग विवाह गरेकी छिन् । यी दुबैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो । अन्त्येष्टि अल्मेडा इरेलको छोराको थियो ।

grandmother-5_1468662804
स्रोतका अनुसार यी दुबैको प्रेम पहिलो भेटमा नै बसेको थियो । तीन हप्तासम्म चलेको रोमान्सले अन्ततः विवाहको रुप लियो । अब गेरी अल्मेडाको घरमा उनीसँगै बसिरहेका छन् । उक्त घरमा अल्मेडाको नाती पनि बस्छन् जो उनको श्रीमानभन्दा तीन वर्ष जेठा छन् ।

grandmother-4_1468662803गेरी पहिलेदेखि नै पाका महिलाहरुप्रति आकर्षित हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि नै आफूभन्दा जेठो महिला मनपर्थे । जब म ८ वर्षको थिएँ तब मलाई मेरो शिक्षिका मनपर्दथ्यो । ’

grandmother-3_1468662803यता अल्मेडा पनि गेरी आफ्नो जीवनमा आएपछि आफ्नो खोजी पूरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म ४३ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यति बेलादेखि नै म एक ‘सोलमेट’ को पर्खाइमा थिएँ । गेरी पाएपछि मेरो खोजी समाप्त भएको छ ।’

grandmother-6_1468662805grandmother-7_1468662806grandmother-10_1468662808grandmother-11_1468662808

सम्बन्धित समाचार

– साभार रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१